१६ बैशाख २०८१, आइतबार | April 28, 2024

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित



बुटवल । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९।८० को नीति तथा कार्यक्रम आज प्रदेश सभाको बहुमत संख्याले पारित गरेको छ । प्रदेशसभाको आज बसेको बैठकले प्रदेश प्रमुख अमिक शेरचनद्वारा गत जेष्ठ २५ गते प्रस्तुत नीति तथा कार्यक्रम पारित भएको हो । सभाुमख पुर्ण बहादुर घर्तीमगरले निर्णयार्थ प्रस्तुत गरेपछि प्रदेश सभाकाको बहुमत संख्याले पारित गरेसँगै नीति तथा कार्यक्रम पारित भएको हो ।

सभामा सम्वोधनको क्रममा मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेश सरकारको ‘समृद्धि प्रदेश आत्मनिर्भर लुम्बिनी’ को नारालाई यस वर्षको बजेटबाट सम्वोधन गरिने गरी नीति तथा कार्यक्रम ल्याइएको बताए । उनले लुम्बिनी प्रदेशका माननीयहरुलाई लुम्बिनीको विकासका लागि एकताबद्ध भएर लाग्न अनुरोध गरे ।

लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेश सरकारले समृद्धि प्रदेश, आत्मनिर्भर लुम्बिनी भन्ने मूल नारालाई व्याबारिक रुपमा कार्यन्वयन गर्नका लागि क्रियाशिल रहेको बताउँदै आगामी वर्षको बजेटमा परिमार्जित र परिकृष्ट बनाउनको लागि सबै जिम्मेवार हुनुपर्ने बताए ।

मुख्यमन्त्री केसीले संवोधनको क्रममा राजनीतिक मतभेद र राजनीतिक विचार दृष्टिकोण फरक फरक भए पनि लुम्बिनीको विकासकामा एक हुनका लागि सबै माननीयहरुलाई अपिल गरेका थिए । “हाम्रो राजनीतिक विचार दर्शन फरक फरक होला र छ पनि तर लुम्बिनीको विकासका लागि एक हुनु पर्दछ । हाम्रो सबैको दायित्व र जिम्मेवार बरावरी छ । हामी समेचतापूर्वक रुपमा लागौँ र लुम्बिनीलाई समृद्ध बनाऔँ ।” उनले भने ।

उनले प्रदेशको गौरवको आयोजना, प्रदेश सरकारले शिक्षा, स्वास्थ्य कृषिको क्षेत्रमा लगानी गर्ने बताउँदै त्यसका लागि प्रदेश सकरकार जिम्मेवार भएको बताए ।

उनले लुम्बिनी अस्पता, लुम्बिनी विश्व विद्यालय, प्रदेशको राजधानी र केही गौरवको आयोजना र आम जनताको जीवन स्तर माथी उठाउनको लागि समेत आगामी वर्षको बजेट ल्याउने तयारी भइरहेको जानकारी दिए ।

 

 

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ६ : ३३ बजे

बझाङमा कांग्रेसलाई माओवादीले उछिन्यो, एमालेको अग्रता कायमै

काठमाडौं । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

२ करोडको लगानीमा बुटवलको मिलनचोकमा खुल्यो महालक्ष्मी स्वीट्स

बुटवल । बुटवलको मिलनचोकमा गुणस्तरीय, शुद्ध मिठाई र शुद्ध शाकाहारी

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका

प्रधानमन्त्रीको दाबी – ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगिसक्यो

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच

बझाङमा दोब्बर मतले एमालेको अग्रता कायमै

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको