४ पुस २०८२, शुक्रबार | December 20, 2025

खेलकुद पत्रकार मञ्च पदाधिकारीलाई राखेपको स्वागत र बधाइ



काठमाडौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल खेलकुद पत्रकार मञ्चका नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा मंगलबार स्वागत तथा बधाइ ज्ञापन गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा भएको कार्यक्रममा राखेप सदस्य–सचिव टंक लाल घिसिङले कार्य समितिका पदाधिकारीलाई कार्यकाल पूर्ण सफलताको शुभकामना दिदै मायाको चिनो प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले खेलकुदको विकास र विस्तारमा खेल पत्रकारको भूमिका पनि महत्वपूर्ण हुने हुँदा सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै खेलकुदको हित र खेलाडीलाई नै केन्द्र विन्दूमा राखेर काम गर्ने बताए । उनले एसियाली खेलकुद अनिश्चितकालका लागि स्थगित भएपनि परिषद्ले खेलाडीको प्रशिक्षणलाई निरन्तरता दिने बताउदै तयारी अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पनि उपयोगी हुने धारणा व्यक्त गरे ।

खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले खेलकुद र खेलाडीको हितका निम्ति मञ्च परिषद्संग सहकार्य गर्दै अघि बढ्ने बताए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ७ : २१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको