२९ असार २०८३, सोमबार | July 13, 2026

अर्थमन्त्रीको जवाफ सुन्न नसक्ने भन्दै एमाले सांसदद्वारा संसद बैठक बहिस्कार



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेको छ ।

आर्थिक वर्ष २०७९ ८० को बजेटमा अर्थमन्त्रालयअन्तर्गतका विषयमा जवाफ दिन रोस्टममा अर्थमन्त्री जनार्दन शर्मा पुगेपछि आफ्नो सिटबाट उठेर विरोध जनाएका एमाले सांसादहरु त्यसपछिको प्रश्नोत्तरको समयमा बैठक बहिस्कार गरेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्रीको जवाफमाथि प्रश्न सोध्न सांसदहरुलाई समय दिने वित्तिकै एमाले सांसदहरुले होहल्ला गर्दै बोल्न माग गरेका थिए । त्यसपछि सभामुखले एमाले प्रमुख सचेतक विशाल भट्टराईलाई समय दिए । भट्टराईले अर्थमन्त्रीले मध्यरातमा बाहिरका मान्छे पठाएर करका दर हेरफेर गर्न लगाई राष्ट्रप्रति गद्दारी गरेको आरोप लगाए । त्यसलगत्तै सभामुखले गद्दारी शब्द असंसदीय रहेको भन्दै रेकर्डबाट हटाउन निर्देशन दिए । त्यसपछि भट्टराईले आफुले बोलेको विषय हटाउन नपर्ने जिकिर गर्दै अर्थमन्त्रालय सम्बद्ध छलफलमा उपस्थित हुन नसक्ने बताउँदै सबै सांसदहरु बाहिरिएका थिए ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  २ : ०४ बजे

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि बेवारिसे गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले

सभामुखप्रति कांग्रेसको असन्तुष्टि : ‘विपक्षको नाडी छाम्ने होइन, निष्पक्ष भूमिका निर्वाह गरुन!’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार