९ पुस २०८२, बुधबार | December 25, 2025

अर्थमन्त्रीको जवाफ सुन्न नसक्ने भन्दै एमाले सांसदद्वारा संसद बैठक बहिस्कार



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेको छ ।

आर्थिक वर्ष २०७९ ८० को बजेटमा अर्थमन्त्रालयअन्तर्गतका विषयमा जवाफ दिन रोस्टममा अर्थमन्त्री जनार्दन शर्मा पुगेपछि आफ्नो सिटबाट उठेर विरोध जनाएका एमाले सांसादहरु त्यसपछिको प्रश्नोत्तरको समयमा बैठक बहिस्कार गरेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्रीको जवाफमाथि प्रश्न सोध्न सांसदहरुलाई समय दिने वित्तिकै एमाले सांसदहरुले होहल्ला गर्दै बोल्न माग गरेका थिए । त्यसपछि सभामुखले एमाले प्रमुख सचेतक विशाल भट्टराईलाई समय दिए । भट्टराईले अर्थमन्त्रीले मध्यरातमा बाहिरका मान्छे पठाएर करका दर हेरफेर गर्न लगाई राष्ट्रप्रति गद्दारी गरेको आरोप लगाए । त्यसलगत्तै सभामुखले गद्दारी शब्द असंसदीय रहेको भन्दै रेकर्डबाट हटाउन निर्देशन दिए । त्यसपछि भट्टराईले आफुले बोलेको विषय हटाउन नपर्ने जिकिर गर्दै अर्थमन्त्रालय सम्बद्ध छलफलमा उपस्थित हुन नसक्ने बताउँदै सबै सांसदहरु बाहिरिएका थिए ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  २ : ०४ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना