२९ असार २०८३, सोमबार | July 14, 2026

अर्थमन्त्रीले गम्भीर अपराध गरे, संसदीय छानविन समिति गठन गर्नुपर्छ : लक्ष्मणलाल कर्ण



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्ने विषयमा तत्काल संसदीय छानविन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका छन् ।

सांसद कर्णले सो घटनाको सम्बन्धमा देश र जनताका लागि पनि यथार्थ कुरा बाहिर ल्याउन सरकारले संसदीय छानवीन समिति गठन गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे । सोमबार संसद भवन परिसरमा पत्रकारहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा कर्णले विगतमा पनि त्यस्ता घटनामा संसदीय छानवीन समिति बनेको दृष्टान्त पेश गर्दै उहाँले यस्ता विषयमा सरकारले बेवास्ता गर्न नमिल्ने बताए । सांसद कर्णले बजेट निर्माणको बेलाको सिसीटिभी फुटेज सार्वजनिक गरेर आफू निर्दोष रहेको प्रमाणित गर्नुपर्नेमा अर्थमन्त्री शर्माले त्यो आफै डिलिट भयो भनेर गम्भिर भूल गरेको पनि जिकिर गरे ।

सरकारले सो घटनाको सिसीटिभी फुटेज डिलिट गरेर त्यसको प्रमाणनै नष्ट गर्न खोजेको उनको आरोप थियो । कर्णले भने, ‘बजेट बनाउँदा खेरी अनधिकृत व्यक्ति प्रवेशगरे भन्ने प्रश्न उठिसकेपछि सरकारले यो कुरामा म निर्देश छु भन्ने प्रमाणित गर्नका लागि पनि सिसीटिभी राख्नु पर्ने हो । त्यो डिलिट गर्ने होईन । डिलिट गर्दाखेरी के देखिन्छ भने यस विषयमा त सरकार सबुत प्रमाण मेटाउन खोज्यो । सबुत प्रमाण मेटाएर कोही व्यक्ति निर्दोष हुन सक्दैन । र, यो गम्भिर अपराध हो । यस विषयमा संसदमा पटकपटक कुरा उठेको छ । सरकारले यसलाई वास्ता गरेको छैन । यस्तो विषयमा सरकारले वास्ता गरेन भने यस्तो घटना एकचोटी संसदमा छलफल हुँदाखेरी संसदीय समिति बनेको थियो । छानवीन भएको थियो । अहिले पनि केही बिग्रेको छैन । सरकार र संसदले एउटा संसदीय समिति गठन गरीकन यो देशका लागि आवश्यक हो, जनताका लागि आवश्यक हो । करको विषय हो । यसमा सरकारले तुरुन्त अगाडि बढनु पर्दछ ।’

सांसद कर्णले नागरिकता सम्बन्धि विधेयक तत्काल संसदमा पेश गर्न पनि सरकारलाई दवाव दिए ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ५ : ४७ बजे

कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन

नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक

काठमाडौँ । अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने

अर्थमन्त्रीको अवैतनिक राजस्व सल्लाहकारमा अर्याल नियुक्त

काठमाडौँ  । अर्थमन्त्री डा स्वर्णिम वाग्लेको अवैतनिक राजस्व सल्लाहकारमा एफसिए

एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण

प्राधिकरणमा घिमिरे र काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस