२८ भदौ २०८३, आइतबार | September 14, 2026

रामेछापबाट काठमाडौं आउँदै गरेको बस लुभुघाट नजिकै दुर्घटना, कम्तिमा ६ यात्रुको मृत्यु



काठमाडौं । रामेछापको साँदिडाँडा हुँदै काठमाडौं आउँदै गरेको यात्रुबहाक बस लुभुघाट नजिकै भीरबाट खस्दा कम्तिमा ६ जना यात्रुको मृत्यु भएको छ ।

करिब ३० जना यात्रु लिएर रामेछाप हिलेदेवीदेखि काठमाडौं आउदै गरेको बा ३ ख ८३९६ नं. को यात्रुबाहक बस सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा लुभुघाट नजिकै दुर्घटना भएको थियो ।

बस दुर्घटना हुँदा कैयौं यात्रु हताहत भएको नेकपा माओवादी केन्द्रका नेता युवराज चौलागाईंले बताएका छन् ।

दुर्घटनास्थलमा प्रहरी र स्थानीय बासिन्दाले उद्दारको प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले जानकारी दिएका छन् । उनका अनुसार अहिलेसम्म ६ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ ।

अहिले मृतकको शव संकलन गर्ने र घाइतेहरुलाई उद्धार गरेर अस्पताल पुर्याउने काम भइरहेको छ ।

हेलिप्टरबाट उद्दार गर्नका लागि मन्त्रालय र जिल्ला प्रशासन कार्यालयसँग समन्वय भैरहेको माओवादी नेता चौलागाईंले जनाएका छन् ।

अपडेट हुँदै गरेको समाचार

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ११ : ३७ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा