१९ बैशाख २०८१, बुधबार | May 2, 2024

रामेछापबाट काठमाडौं आउँदै गरेको बस लुभुघाट नजिकै दुर्घटना, कम्तिमा ६ यात्रुको मृत्यु



काठमाडौं । रामेछापको साँदिडाँडा हुँदै काठमाडौं आउँदै गरेको यात्रुबहाक बस लुभुघाट नजिकै भीरबाट खस्दा कम्तिमा ६ जना यात्रुको मृत्यु भएको छ ।

करिब ३० जना यात्रु लिएर रामेछाप हिलेदेवीदेखि काठमाडौं आउदै गरेको बा ३ ख ८३९६ नं. को यात्रुबाहक बस सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा लुभुघाट नजिकै दुर्घटना भएको थियो ।

बस दुर्घटना हुँदा कैयौं यात्रु हताहत भएको नेकपा माओवादी केन्द्रका नेता युवराज चौलागाईंले बताएका छन् ।

दुर्घटनास्थलमा प्रहरी र स्थानीय बासिन्दाले उद्दारको प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले जानकारी दिएका छन् । उनका अनुसार अहिलेसम्म ६ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ ।

अहिले मृतकको शव संकलन गर्ने र घाइतेहरुलाई उद्धार गरेर अस्पताल पुर्याउने काम भइरहेको छ ।

हेलिप्टरबाट उद्दार गर्नका लागि मन्त्रालय र जिल्ला प्रशासन कार्यालयसँग समन्वय भैरहेको माओवादी नेता चौलागाईंले जनाएका छन् ।

अपडेट हुँदै गरेको समाचार

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ११ : ३७ बजे

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका