१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

रामेछाप बस दुर्घटना अपडेट : ९ यात्रुको घटनास्थलमै मृत्यु



काठमाडौं । रामेछापको साँदिडाँडा हुँदै काठमाडौं आउँदै गरेको यात्रुबहाक बस लुभुघाट नजिकै भीरबाट खस्दा कम्तिमा ९ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।

रामेछाप हिलेदेवीदेखि काठमाडौं आउदै गरेको बा ३ ख ८३९६ नं. को यात्रुबाहक बस सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमाना लुभुघाट नजिकै दुर्घटना भएको थियो ।

बिहान १० बजे भएको दुर्घटनामा बस सडकबाट अन्दाजी ४० मिटर तल खसेको थियो । दुर्घटनामा ९ जना यात्रुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिएका छन्। घाइते २२ जना यात्रुलाई उपचारका लागि धुलिखेल पठाइएको छ ।

दुर्घटनास्थलमा प्रहरी र स्थानीय बासिन्दाले उद्दारको प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले जानकारी दिएका छन् । उनका अनुसार अहिलेसम्म ६ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ ।

अहिले मृतकको शव संकलन गर्ने र घाइतेहरुलाई उद्धार गरेर अस्पताल पुर्याउने काम भइरहेको छ ।

अपडेट हुँदै गरेको समाचार

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १२ : ०५ बजे

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिदै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर । कञ्चनपुरकी कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी

किन बढ्दैछ विश्वभर प्रोस्टेट क्यान्सर ?

काठमाडौं । मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट

बाँकेका किसान चैते धानप्रति आकर्षित

नेपालगञ्ज । प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका