२९ भदौ २०८३, सोमबार | September 14, 2026

रामेछाप बस दुर्घटना अपडेट : ९ यात्रुको घटनास्थलमै मृत्यु



काठमाडौं । रामेछापको साँदिडाँडा हुँदै काठमाडौं आउँदै गरेको यात्रुबहाक बस लुभुघाट नजिकै भीरबाट खस्दा कम्तिमा ९ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।

रामेछाप हिलेदेवीदेखि काठमाडौं आउदै गरेको बा ३ ख ८३९६ नं. को यात्रुबाहक बस सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमाना लुभुघाट नजिकै दुर्घटना भएको थियो ।

बिहान १० बजे भएको दुर्घटनामा बस सडकबाट अन्दाजी ४० मिटर तल खसेको थियो । दुर्घटनामा ९ जना यात्रुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिएका छन्। घाइते २२ जना यात्रुलाई उपचारका लागि धुलिखेल पठाइएको छ ।

दुर्घटनास्थलमा प्रहरी र स्थानीय बासिन्दाले उद्दारको प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले जानकारी दिएका छन् । उनका अनुसार अहिलेसम्म ६ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ ।

अहिले मृतकको शव संकलन गर्ने र घाइतेहरुलाई उद्धार गरेर अस्पताल पुर्याउने काम भइरहेको छ ।

अपडेट हुँदै गरेको समाचार

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १२ : ०५ बजे

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । हरितालिका तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको

बझाङमा च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका-७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का

महाकवि देवकोटाको ६७ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७