२९ भदौ २०८३, सोमबार | September 14, 2026

बजेट र सीसीटीभी फुटेज विवादबारे अर्थमन्त्री शर्माले संसदमा आफ्ना कुरा राख्ने



काठमाडौं । करको दर हेरफेर विवाद र सीसीटीभी फुटेज विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले संसदमा आफ्ना कुरा राख्ने भएका छन् ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले आफ्ना कुरा राख्ने भएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो भएको भेटघाट पछि अर्थमन्त्री शर्मालाई आज आफ्ना धारणा राख्न लगाउने सहमति भएको थियो ।

शर्मामाथि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारुढ दलकै कतिपय नेताहरुले समेत छानविन गर्नुपर्ने माग गरेपछि शर्माले संसदमा आफ्नो सफाइ राख्न लागेका हुन् । अर्थमन्त्री शर्माले सम्बोधनका क्रममा आफुले कुनै गल्ती नगरेको भन्दै वास्तविकता छानविनका लागि सघाउने बताउन लागेको स्रोतले बताएको छ ।

प्रचण्ड निवास खुमलटारमा केहीबेर अघि सम्पन्न पूर्वस्थायी समिति सदस्यहरुको बैठकमा अर्थमन्त्री शर्माले सीसीटीभी फुटेल डिलिट काण्डमा आफु संलग्न नभएको स्पष्टीकरण दिएका थिए । शर्माले आफुले ल्याएको जनपक्षीय बजेटबाट आत्तिएका विपक्षीहरुले बद्नाम गर्न सीसीटीभी फुटेजको सहारा लिएपनि वास्तवितकता त्यस्तो नभएको दलिल पेश गरेका थिए ।

 

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ११ : १० बजे

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । हरितालिका तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको

बझाङमा च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका-७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का

महाकवि देवकोटाको ६७ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७