१७ बैशाख २०८१, सोमबार | April 29, 2024

बजेट र सीसीटीभी फुटेज विवादबारे अर्थमन्त्री शर्माले संसदमा आफ्ना कुरा राख्ने



काठमाडौं । करको दर हेरफेर विवाद र सीसीटीभी फुटेज विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले संसदमा आफ्ना कुरा राख्ने भएका छन् ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले आफ्ना कुरा राख्ने भएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो भएको भेटघाट पछि अर्थमन्त्री शर्मालाई आज आफ्ना धारणा राख्न लगाउने सहमति भएको थियो ।

शर्मामाथि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारुढ दलकै कतिपय नेताहरुले समेत छानविन गर्नुपर्ने माग गरेपछि शर्माले संसदमा आफ्नो सफाइ राख्न लागेका हुन् । अर्थमन्त्री शर्माले सम्बोधनका क्रममा आफुले कुनै गल्ती नगरेको भन्दै वास्तविकता छानविनका लागि सघाउने बताउन लागेको स्रोतले बताएको छ ।

प्रचण्ड निवास खुमलटारमा केहीबेर अघि सम्पन्न पूर्वस्थायी समिति सदस्यहरुको बैठकमा अर्थमन्त्री शर्माले सीसीटीभी फुटेल डिलिट काण्डमा आफु संलग्न नभएको स्पष्टीकरण दिएका थिए । शर्माले आफुले ल्याएको जनपक्षीय बजेटबाट आत्तिएका विपक्षीहरुले बद्नाम गर्न सीसीटीभी फुटेजको सहारा लिएपनि वास्तवितकता त्यस्तो नभएको दलिल पेश गरेका थिए ।

 

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ११ : १० बजे

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार २४९ मतले अगाडी

बझाङ । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा