३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति बनाउने सहमति



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति बन्ने भएको छ ।

संसद बैठक स्थगित गरेर सभामुख अग्निप्रसाद सापकोटाले दलहरुबीच सम्वादको पहल गरेपछि संसदीय छानबिन समिति गठनको सहमति जुटेको हो ।

यसअघि करको दर हेरफेर र सीसीटीभी फुटेज डिलिट विवादमा तानिएका शर्मामाथि छानबिन गर्न संसदीय समिति बन्न लागेको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले दाबी गरेको थियो।

छानबिन समिति गठन गर्नुअघि अर्थमन्त्री शर्माले आफु विरुद्ध लागेका आरोपमाथि बोल्न चाहेका छन् । तर एमालेले भने छानबिन समिति गठनअघि नै अर्थमन्त्रीले राजीनामा दिनुपर्ने या बर्खास्त गर्नुपर्ने माग गरिरहेको छ ।

आजै बिहान बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकमा शर्माले आफ्ना कुरा संसद बैठकमा राख्ने र छानबिन समिति बने सघाउने जानकारी गराएका थिए ।

 

 

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १२ : १६ बजे

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका

बुटवलमा ‘रिभोलुसन डान्स प्रतियोगिता २०८३’ हुने, विजेताले पाउनेछन् ५५ हजार बढी नगद

बुटवल । युवा प्रतिभाको प्रस्फुटन तथा नृत्यकलाको प्रवर्द्धन गर्ने उद्देश्यले

स्थानीय र प्रदेशसभा निर्वाचनका लागि एमालेको ‘मिसन जागरण अभियान’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय र प्रदेश तहको