२ पुस २०८२, बुधबार | December 17, 2025

अर्थमन्त्रीमाथि छानबिन गर्न बन्यो ११ सदस्यीय संसदीय समिति



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि ११ सदस्यीय संसदीय समिति बनाउने सहमति भएको छ ।

करका दर हेरफेर गर्न बजेट भाषण गर्नुअघि असम्बन्धित व्यक्तिलाई अर्थमन्त्रालय छिराएको र सो दिनको सीसीटिभी फुटेज डिलिट गरेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय छानबिनको माग गर्दै आएको थियो ।

आफुमाथि लागेका आरोपबारे अर्थमन्त्री शर्माले संसदमा आज बोल्न चाहेका थिए । तर एमालेले संसद नै अवरोध गर्ने चेतावनी दिएपछि सभामुख सभामुख अग्निप्रसाद सापकोटाको पहलमा बसेको सर्वदलीय बैठकले संसदीय समिति गठनको सहमति गरेको हो ।

संसदीय छानबिन समितिमा एमालेका ४ जना, नेपाली कांग्रेस र नेकपा माओवादीका २–२ जना तथा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एकएक जना सदस्य रहने भएका छन् । समितिमा रहने सदस्यहरुको नाम दलहरुले उपलब्ध गराउने भएका छन् ।

‘संसदीय छानबिन सहमति बनाउने सहमति भएको छ,’ लोसपाका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले भने । उनका अनुसार सो समितिमा बस्ने सदस्यको नामावली तयारी हुँदैछ ।

‘समिति बनाउनु भनेको राजीनामा सरह हो,’ एमाले सांसद योगेश भट्टराईले भने । उनका अनुसार छानबिन समिति बनाएर अर्थमन्त्री शर्माले गरेको काम कारबाहीमाथि सांसदहरूले अनुसन्धान गर्नेछन् ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ३ : ४१ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको