३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

अर्थमन्त्रीमाथि छानबिन गर्न बन्यो ११ सदस्यीय संसदीय समिति



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि ११ सदस्यीय संसदीय समिति बनाउने सहमति भएको छ ।

करका दर हेरफेर गर्न बजेट भाषण गर्नुअघि असम्बन्धित व्यक्तिलाई अर्थमन्त्रालय छिराएको र सो दिनको सीसीटिभी फुटेज डिलिट गरेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय छानबिनको माग गर्दै आएको थियो ।

आफुमाथि लागेका आरोपबारे अर्थमन्त्री शर्माले संसदमा आज बोल्न चाहेका थिए । तर एमालेले संसद नै अवरोध गर्ने चेतावनी दिएपछि सभामुख सभामुख अग्निप्रसाद सापकोटाको पहलमा बसेको सर्वदलीय बैठकले संसदीय समिति गठनको सहमति गरेको हो ।

संसदीय छानबिन समितिमा एमालेका ४ जना, नेपाली कांग्रेस र नेकपा माओवादीका २–२ जना तथा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एकएक जना सदस्य रहने भएका छन् । समितिमा रहने सदस्यहरुको नाम दलहरुले उपलब्ध गराउने भएका छन् ।

‘संसदीय छानबिन सहमति बनाउने सहमति भएको छ,’ लोसपाका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले भने । उनका अनुसार सो समितिमा बस्ने सदस्यको नामावली तयारी हुँदैछ ।

‘समिति बनाउनु भनेको राजीनामा सरह हो,’ एमाले सांसद योगेश भट्टराईले भने । उनका अनुसार छानबिन समिति बनाएर अर्थमन्त्री शर्माले गरेको काम कारबाहीमाथि सांसदहरूले अनुसन्धान गर्नेछन् ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ३ : ४१ बजे

फिफा विश्वकप : अस्ट्रेलियाको शानदार जित, टर्किए २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–०

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका