२ पुस २०८२, बुधबार | December 17, 2025

अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म उनको कुरा सुन्दैनौं : एमाले, संसद बैठक बहिस्कार



काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्मालाई तत्काल राजीनामा गर्न लगाउनु पर्ने वा बर्खास्ती गर्नु पर्ने बताएका छन् ।

अर्थमन्त्री रहेकै अवस्थमा उनीमाथि समितिले छानबिन गर्न नसक्ने बताएका छन् ।

संसद बैठकमा नेता भट्टराईले छानबिन समितिले उनीमाथि अब छानबिन गर्ने नभएर उनले गरेको हरकतमाथि छानबिन गर्ने बताए । उनले फौजदारी अपराध गरिसकेको र उनीमाथि भन्दा पनि उनको अपराधमाछि छानबिन हुने उनको भनाइ छ ।

उनले भने, ‘यसकारण पहिला अर्थमन्त्रीबाट राजीनामा दिनुहोस् । अर्थमन्त्रीको हैसियतको पदमा संसदमा अब बोल्न पाउँदैनन् । सांसदको हैसियतले मात्रै बोल्ने हो । उनकै कारण अर्थमन्त्रालय दिशाविहीन भयो । अर्थसचिब उहाँकै कारण बिदामा बस्नु भएको छ । छानबिन समितिले अब उहाँसँग बयान लिन्छ ।’

अर्थमन्त्रीको हैसियतले संसदमा बोल्न नपाउने उनको भनाइ छ ।

त्यसपछि नैतिकताको आधारमा राजीनामा नदिएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको मन्तव्य नसुनी प्रमुख प्रतिपक्ष दलले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ ।

बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका मन्त्री शर्माले राजीनामा नदिएको भन्दै एमालेले संसद बैठक बहिस्कार गरेका हुन् ।

एमाले सांसद योगेश भट्टराईले अर्थमन्त्री शर्मामाथि छानबिन गर्नका लागि समिति बनाई सकेकाले भन्दै रोष्ट्रममा उभिएर धारणा राख्न नपाउने बताए ।
‘अर्थमन्त्रीमाथि संसदीय छानबिन समितिमा बनेको छ, संसदीय छानबिन परेको व्यक्तिले कि त राजीनामा दिनुपर्छ कि त बर्खास्त गर्नुपर्छ । तर, यहाँ मन्तब्य दिन बोलाइएको छ, यो मान्य हुने छैन ।’ एमालेले बहिस्कार गरे पनि अर्थमन्त्री शर्माले भने संसद बैठकमा धारणा राखिरहेका छन् ।

 

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ४ : २७ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन