१५ फाल्गुन २०८२, शुक्रबार | February 28, 2026

भेरी अस्पतालमा अग्रीम हाजिरी गर्ने डाक्टरलाई ४८ घण्टा भित्र मन्त्रालय उपस्थित हुन आदेश



नेपालगन्ज । विगत १ वर्ष देखि भेरी अस्पताल बिकास समितिले कारवाहीको लागि पठाएको सिफारिसको बेवास्ता गरेको संघीय सरकारको स्वास्थ्य मन्त्रालयले समितिको दोस्रो पत्रको भने तुरुन्तै कार्यान्वयन गरेको छ । अग्रिम रुपमा सरकारी अस्पतालमा हाजिर गर्दै निजीमा गएर काम गर्ने भेरी अस्पतालका चिकित्सक डा. सुरेश कुमार नागमाथि मन्त्रालयले कारबाही अगाडि बढाएको छ ।

भेरी अस्पताल नेपालगन्जमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर नागले अग्रिम हाजिर गर्दै निजीमा काम गरेको फेला परेपछि अस्पताल विकास समितिको सिफारिसमा मन्त्रालयले कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर नागलाई ४८ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन आदेशसहितको पत्र पठाएको छ । मन्त्रालयले बुधबार डाक्टर नागलाई मन्त्रालयमा उपस्थित हुन पत्र काटेको हो ।

मन्त्रालयमा स्पष्टीकरणसहित उपस्थित भए पश्चात अन्य कारबाही प्रक्रिया अगाडि बढाउने मन्त्रालय स्रोतले जनाएको छ । डाक्टर नाग असार २० गते सोमबार अस्पतालमा पुगेर असार २९ गतेसम्मको हाजिरी गरेर गएको प्रमाणसहित विकास समितिले जिल्ला प्रशासन कार्यालय र मन्त्रालयमा कारबाहीका लागि माग गर्दै पत्र पठाइएको थियो ।

डाक्टर नागले अस्पतालमा आफ्नो ड्युटी पूरा नगरेको भन्दै यसअघि पनि अस्पताल विकास समितिले २०७८ साल साउन २२ गते कारबाहीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र काटेको भएपनि मन्त्रालयले कुनै कदम अगाडि नबढाउँदा डा. नागको लापरवाही अझै बढेको थियो ।

नेपालगन्जको पासाङल्हामु मार्गमा डाक्टर नागको आफ्नै वैष्णवी अस्पताल सञ्चालनमा रहेको छ । वरिष्ठ डाक्टरहरुले नै अटेर गर्ने र आफ्ना नीजि अस्पतालमा मात्र ध्यान दिँदा अस्पतालमा उपचार गर्न आउने सर्वसाधरणले सास्ती खेप्नु परेको अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठले बताए । राज्यको सेवा सुविधा लिएर गैरजिम्मेवार काम गर्नु गलत भएको भन्दै यस्ता अटेरी गर्ने जो कोही कर्मचारीलाई कारबाही गर्न आवश्यक रहेको उनले बताए ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ११ : ०० बजे

आचारसंहिता कार्यान्वयन बारे लिखित जवाफ माग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा निर्वाचनमा आचारसंहिता पूर्ण कार्यान्वयन गर्न

मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न निर्वाचन आयोगको पत्राचार

काठमाडौं । देशभरका मतदान केन्द्रमा आवश्यक प्राथमिक उपचारको व्यवस्था गर्न

निर्वाचन विशेष मौसम बुलेटिन : उल्लेखनीय प्रभाव नदेखिने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले निर्वाचनको समयमा यही

प्रतिनिधिसभा सदस्य निर्वाचन : आयोगले पत्ता लगायो ६१२ वटा हानिकारक सूचना

काठमाडौँ । निर्वाचन आयोगमा स्थापना भएको निर्वाचन सूचना सम्प्रेषण तथा

निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन

पोखरा । गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा