२९ भदौ २०८३, सोमबार | September 14, 2026

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ ।

दुई दिनअघि मात्र केन्द्रीय समितिमा अध्यक्ष प्रचण्डले घोषणा गरेको स्थायी समिति सदस्यहरुको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बासिरहेको हो ।

बैठकमा पार्टी पदाधिकारी चयन, स्थायी समितिमा थप्न बाँकी सदस्यहरुको मनोनयन लगायत समसामयिक विषयमा छलफल हुने बुझिएको छ ।

माओवादी केन्द्रीय समिति बैठकले १५६ सदस्यीय पोलिटब्यूरो र ४१ सदस्यीय स्थायी समिति चयन गरेको थियो । तर, स्थायी समितिमा केही सदस्य मनोनयन हुन बाँकी रहेका छन् ।

बैठकमा अध्यक्ष प्रचण्डले केही दिनमा पदाधिकारी पनि टुंग्याउने बताएका थिए । वरिष्ठ उपाध्यक्षमा नारायणकाजि श्रेष्ठ र त्यसपछिको मर्यादाक्रममा रहने गरी उपाध्यक्षमा कृष्णबहादुर महरा रहने निश्चित भएपनि महासचिव लगायत अन्य पदाधिकारीहरु टुंग्याउन प्रचण्डले अझै सकेका छैनन् ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ८ : ५६ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा