१० पुस २०८२, बिहिबार | December 25, 2025

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ ।

दुई दिनअघि मात्र केन्द्रीय समितिमा अध्यक्ष प्रचण्डले घोषणा गरेको स्थायी समिति सदस्यहरुको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बासिरहेको हो ।

बैठकमा पार्टी पदाधिकारी चयन, स्थायी समितिमा थप्न बाँकी सदस्यहरुको मनोनयन लगायत समसामयिक विषयमा छलफल हुने बुझिएको छ ।

माओवादी केन्द्रीय समिति बैठकले १५६ सदस्यीय पोलिटब्यूरो र ४१ सदस्यीय स्थायी समिति चयन गरेको थियो । तर, स्थायी समितिमा केही सदस्य मनोनयन हुन बाँकी रहेका छन् ।

बैठकमा अध्यक्ष प्रचण्डले केही दिनमा पदाधिकारी पनि टुंग्याउने बताएका थिए । वरिष्ठ उपाध्यक्षमा नारायणकाजि श्रेष्ठ र त्यसपछिको मर्यादाक्रममा रहने गरी उपाध्यक्षमा कृष्णबहादुर महरा रहने निश्चित भएपनि महासचिव लगायत अन्य पदाधिकारीहरु टुंग्याउन प्रचण्डले अझै सकेका छैनन् ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ८ : ५६ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न