२९ भदौ २०८३, सोमबार | September 14, 2026

मेक्सिकोका पूर्वराष्ट्रपति इचेभेरियाको निधन



एजेन्सी । मेक्सिकोका पूर्व राष्ट्रपति लुइस इचेभेरिया अल्भारेजको १०० वर्षको उमेरमा शुक्रबार निधन भएको छ । उनका छोरा बेनिटो इचेभेरियाले शनिबार सिन्ह्वालाई सो बारे जनाकारी गराएका हुन् ।

उनले सन् १९७० देखि १९७६ सम्म शासन गरेका थिए। उनको निधनमा मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले ट्वीटर मार्फत आफ्नो सम्मानजनक समवेदना व्यक्त गरेका छन् ।

मेक्सिकोको संस्थागत क्रान्तिकारी पार्टीका सदस्य र पेशाले कानुन व्यवसायी रहेका इचेभेरियाले मेक्सिकोको अन्तरराष्ट्रिय सम्बन्धलाई विशेष प्राथमिकतामा राखेर शासन गरेका थिए । सन् १९७२ मा संयुक्त राष्ट्रसंघमा राज्यको आर्थिक अधिकार र कर्तव्यको बडापत्रलाई प्रवर्द्धन का लागि उनी विशेष परिचित थिए।

उनले सन् १९७२ फेब्रुअरीमा चीनसँग कूटनीतिक सम्बन्ध स्थापनाको पहल पनि गरेका थिए ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ६ : २९ बजे

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला