८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

श्रीलंकामा विपक्षी पार्टी अन्तरिम सर्वदलीय सरकार गठन गर्न सहमत



कोलम्बो । श्रीलंकाका प्रमुख विपक्षी दलहरू आइतबार राष्ट्रपति गोटाबाया राजापाक्षेको अपेक्षित राजीनामापछि सर्वदलीय अन्तरिम सरकार गठन गर्न सहमत भएका छन् । रिपोर्टहरूअनुसार विपक्षी दलहरूले राजापाक्षेको राजीनामापछि वर्तमान अभूतपूर्व आर्थिक संकटबाट देशलाई अगाडि बढाउने उपाय खोज्न वार्ता गरेका थिए ।

‘हामी अन्तरिम समयका लागि सबै दलहरूको सहभागितामा मिलिजुली सरकार गठन गर्न सैद्धान्तिक रूपमा सहमत छौं’, सत्तारुढ श्रीलंका पोदुजाना पेरामुना पार्टी (सएलपीपी बाट अलग्गिएको समूहका नेता विमल वीरावांसाले भने ।

उनले अगाडि थपे, ‘यो सरकार सबै दलको प्रतिनिधित्व हुने सरकार हुनेछ । ’
सोही समूहका अर्का नेता वासुदेव नानायकाराले सरकार गठनका लागि जुलाई १३ मा राजापाक्षेको राजीनामा पर्खनु नपर्ने बताए ।

राष्ट्रपति राजापाक्षेले शनिबार संसदका सभामुख महिन्दा यापा अबेवर्देनालाई बुधबार राजीनामा दिने जानकारी गराएका थिए । त्यस्तै, प्रधानमन्त्री रनिल विक्रमासिंघले पनि राजीनामा दिने प्रस्ताव गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल समुगी जनता बलवेगया पार्टीले व्यापक आन्तरिक छलफल भएको जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ७ : ३८ बजे

हामी सत्तामा मात्र अल्झिँदा कम्युनिस्ट विरोधी शक्तिले २० वर्षदेखि रणनीति बनाएका रहेछन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

तीन वरिष्ठ न्यायाधीशलाई राजीनामा र महाअभियोगको धम्की दिएको अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाको दाबी

काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी तीन प्रतिष्ठित संस्थाले सर्वोच्च अदालतका तीन

राहदानी प्रणालीमा देखिएका प्राविधिक समस्या क्रमशः समाधान हुन्छन् : परराष्ट्र

काठमाडौं । सरकारले नयाँ राहदानी प्रणाली कार्यान्वयनका क्रममा देखिएका प्राविधिक

आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र

काठमाडौं । सरकारले सबै मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई प्रगाढ तुल्याउँदै आवश्यकताअनुसार उच्चस्तरीय

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका