४ पुस २०८२, शुक्रबार | December 20, 2025

शेखर कोइराला निकटले कांग्रेस केन्द्रीय कार्यालयमा प्रदर्शन गर्ने



काठमाडौं । नेपाली काग्रेसका नेता शेखर कोइराला समुहले केन्द्रीय कार्यालय, सानेपामा प्रदर्शन गर्ने भएका छन ।

भातृ तथा शुभेच्छुक संस्थाको नेतृत्व र कार्यसमितिलाई पुर्णता दिन माग गर्दै अपरान्ह १ बजे कोइराला पक्षधर नेताहरुले केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गर्ने भएका हुन ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चलिरहदाँ कोइराला पक्षधर तरुण र बिद्यार्थी नेताहरुले सो प्रदर्शन गर्नेछन् । ‘भातृ संस्थाको तत्काल बैधानिक पुर्णता हाम्रो सरोकार, नेपाली कांग्रेस भित्र समान र न्यायपुर्ण प्रतिनिधित्व हाम्रो अधिकार’ भन्ने माग सहित प्रदर्शन गर्न लागेको प्रेमिका राना मगरले जानकारी दिइन् । उनका अनुसार नेपाल बिद्यार्थी संघ, तरुण दल, महिला संघलगायतका प्रतिनिधिहरुले सो प्रदर्शनमा भाग लिनेछन ।

सभापति देउवाले आफु निकटलाई मात्रै भातृ संस्थाको नेतृत्वमा लगेको, कोइराला पक्षधरलाई ‘वाइपास’ गरेको, गठन भएको कार्यसमितिलाई पुर्णता नदिएको, १० फागुनमा भंग गरेका भातृ संस्थामा नेतृत्व प्रदान नगरेको भन्दै सो प्रदर्शन हुन लागेको कोइराला पक्षधरले जनाएका छन ।

 

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ९ : २७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको