२९ भदौ २०८३, सोमबार | September 14, 2026

गणपूरक संख्या नपुगेपछि संसद् बैठक स्थगित



काठमाडौं । प्रतिनिधिसभाको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । सोमबार दोस्रो पटक बसेको बैठक गणपूरक संख्या नपुगेपछि बुधबारसम्मका लागि स्थगित भएको हो ।

राष्ट्रिय सभाको सन्देशसहितको नेपाल रेल्वे विधेयक, २०७९ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने क्रममा सांसद कृष्णभक्त पोखरेलले गणपूरक संख्या रहे नरहेको एकीन गर्न माग गरेका थिए । तत्पश्चात तीन मिनेट घण्टी बजाएर गणना गर्दा गणपूरक संख्या नपुगेको पुष्टि भएपछि बैठक स्थगित गरिएको हा।

कुनै पनि प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने प्रावधान छ । एक चौथाइ ६९ सदस्यीय उपस्थित हुनुपर्नेमा ६१ जना सदस्य बैठकमा रहेपछि २९ असार बुधबार बस्नेगरी बैठक स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ४ : २३ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा