२९ भदौ २०८३, सोमबार | September 14, 2026

श्रीलंकाको पछिल्लो अवस्थाबारे के भन्छ आईएमएफ ?



कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) आईएमएफले श्रीलंकामा चलिरहेको घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ ।

श्रीलंकाको राजनीतिक संकट चाँडै समाधान हुने र त्यसले आईएफएफले सहयोग गरेका कार्यक्रमबारे वार्ता पुनः वार्ता सुरु हुने पनि आईएमएफले विश्वास गरेको छ ।

आईएमएफले अर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्री विक्रमासिंघेसँग नीतिगत तहको वार्ता सम्पन्न गरेको छ र केही आर्थिक समस्या समाधान हुन बाँकी रहेका जनाएको छ । तर, प्रधानमन्त्री विक्रमासिंघेले केही दिनमा राजीनामा दिने घोषणा गरेकाले वार्ताको भविष्य अन्यौलमा परेको छ ।

‘हामी श्रीलंकामा चलिरहेको घटनाक्रमलाई नजिकबाट हेरिरहेका छौँ’, श्रीलंकाका लागि आईएमएफ वरिष्ठ मिसन प्रमुख पिटर ब्रुअर र आईएमएफ मिसन प्रमुख मासाहिरो नोजाकीले आइतबार एक विज्ञप्तिमा भनेका छन् ।

‘हामी वर्तमान अवस्थालाई समाधान गर्ने आशा गर्दछौं जसले आइएमएफ समर्थित कार्यक्रममा हाम्रो वार्ता पुनः सुरु गर्न अनुमति दिनेछ । हामी वित्त मन्त्रालय र श्रीलंकाको केन्द्रीय बैंकमा हाम्रा समकक्षहरूसँग प्राविधिक छलफल जारी राख्ने योजना गर्छौ’, इकोनोमी नेक्स्टले रिपोर्ट गरेको छ ।

यसैबीच, केन्द्रीय बैंकका गभर्नर नन्दलाल विरासिंघेले मौद्रिक कार्यक्रमको लक्ष्य पूरा भएको बताएका छन् ।

श्रीलंकाका हजारौं सरकार विरोधी प्रदर्शनकारीहरूले शनिबार कोलम्बोको उच्च सुरक्षा किल्ला मानिएको राष्ट्रपतिको सरकारी निवासमा प्रवेश गरेका थिए ।

यसैबीच, राष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार बिहान सेनाको एउटा विमानमा चढेर देश छाडेका छन् । ७३ वर्षीय गोटाबाय स्थानीय समयअनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ ।

राजपाक्षेको प्रस्थानले श्रीलंकामा दशकौंसम्म शासन गर्ने पारिवारिक वंशको अन्त्य गरेको छ । शनिबार उनको निवासमा भीडले आक्रमण गरेपछि उनी लुकेर बसेका थिए । त्यस्तै गोटाबायका भाइ तथा पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेको बीबीसीले जनाएको छ । दुवई जाने पहिलो प्रयास असफल भएपनि उनी अमेरिका जान सफल भएका छन् ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ९ : ४४ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा