४ पुस २०८२, शुक्रबार | December 19, 2025

श्रीलंकामा संकटकाल घोषणा, संसद् भवन र प्रधानमन्त्री कार्यालयतिर जाँदै प्रदर्शनकारी



कोलम्बो । कोलम्बोमा देशव्यापी आपतकाल घोषणा गरिएको छ । कार्यवाहक राष्ट्रपतिको रूपमा श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले राष्ट्रव्यापी संकटकाल घोषणा गरेका हुन् ।

राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेको केही घण्टा पछि सम्भावित हिंसाबीच संकटकाल घोषणा गरिएको हो । राष्ट्रपति गोटाबायाको राजीनामा माग गर्दै राजधानी कोलम्बोमा बिहानैदेखि प्रदर्शन भइरहेका छन् ।

बढ्दो विरोध प्रदर्शनलाई नियन्त्रण गर्न कोलम्बोलगायत पश्चिमी प्रान्तमा अनिश्चितकालीन कर्फ्यु पनि लगाइएको छ । यसैबीच, प्रधानमन्त्रीले हिंसात्मक कार्य गर्नेलाई पक्राउ गर्न सुरक्षा निकायलाई निर्देशन दिएको उनको कार्यालयले जनाएको छ ।

राष्ट्रपति राजापाक्षेसँगै प्रधानमन्त्रीले पनि राजीनामा दिनुपर्ने माग गर्दै प्रधानमन्त्रीको कार्यालय प्रवेश गर्न खोज्ने भीड तितरबितर पार्न सुरक्षा बलहरूले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेका छन् ।

अहिले प्रदर्शनकारीको संसद् र प्रधानमन्त्रीको कार्यलयतर्फ बढेको प्राप्त विवरणमा जनाइएको छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  २ : ०९ बजे

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त