८ बैशाख २०८१, शनिबार | April 20, 2024

रुसले युक्रेनमा हमला गर्दा श्रीलंकामा संकट: जेलेन्स्की



किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमणका कारण खाद्यान्न उत्पादनमा अवरोध हुँदा श्रीलंका र विश्वभर अशान्ति निम्तएको टिप्पणी गरेका । रूसले युक्रेनको आक्रमणमा प्रयोग गरेको एउटा प्रमुख रणनीति ‘आर्थिक झटका’ सिर्जना गर्नु रहेको जेलेन्स्कीको भनाई छ ।

आपूर्ति श्रृंखलामा अवरोधका कारण खाद्यान्न र इन्धनको अभाव भोगिरहेका धेरै देशहरूले रुसी एजेन्डालाई फाइदा पु¥याएको उनले बताए ।

श्रीलंकाको संकटलाई प्रकाश पार्दै उनले भने, ‘खाना र इन्धनको स्तब्ध पार्ने मूल्यवृद्धिले सामाजिक विस्फोट भयो । यसको अन्त्य कसरी हुन्छ कसैलाई थाहा छैन ।’

युक्रेनको युद्धले ९४ देशहरूमा अनुमानित १ दशमलब ६ अर्ब मानिस वित्त, खाद्य, वा ऊर्जा संकटमा छन् । आर्थिक संकटका कारण चलिरहेको विरोध प्रदर्शनबीच श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षे बुधबार देश छाडेर भागेका थिए ।

श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रप्राप्त गरेपछि पहिलो पटक अभूतपूर्व आर्थिक संकट सामना गरेको छ ।

मुद्रा सञ्चितिको अभावका कारण इन्धन आपूर्ति हुन सकेको छैन् । खाद्यान्न , औषधि जस्ता अत्यावश्यक वस्तुको आयात हुन नसक्दा सर्वसाधारण मानिस सरकारविरुद्ध क्रुद्ध बनेका छन् ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ९ : २९ बजे

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको