३० असार २०८३, मंगलबार | July 14, 2026

नेपालका सबै क्रान्ति र आन्दोलन कम्प्रमाइजमा टुंगिए : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा भएका सबैजसो क्रान्ति र आन्दोलन सम्झौतामा टुंगिएको बताएका छन् ।

बिहीबार ललितपुरमा आयोजित नेपाल विज्ञान तथा सूचना प्रविधिसम्बन्धी नीति बहसमा बोल्दै अध्यक्ष प्रचण्डले अहिलेसम्मका क्रान्ति र आन्दोलन कुनै न कुनै सम्झौता र सहमतिमा टुंगिएको बताएका हुन् । प्रचण्डले विज्ञानमा आधारित भएका कारण जनस्तरबाट भएका आन्दोलन र क्रान्तिले सफलता प्राप्त गरेपनि सापेक्षित रुपमा ती पूर्ण भने हुन नसकेको जिकिर गरे । उनले भने, ‘प्रत्येक क्रान्ति कुनै न कुनै कम्प्रमाइजमा टुंगिएका छन् ।’

प्रचण्डले हरेक क्रान्ति र परिवर्तनको नेतृत्व गरिब र श्रमजीवि वर्गले गरेको भए पनि टुंगिने अवस्थामा भने शक्तिशाली वर्ग हावी भएको जिकिर गरे । उनले भने, ‘कम्प्रमाइज गर्दा सम्पत्तीशाली वर्ग जसको अनुभव, जसको पुँजीको तागत, जसको सत्ताको ताकत र त्यसलाई सञ्चालन गर्ने अनुभवसँग कम्प्रमाइज गरेर आएको शक्तिको वा विज्ञानलाई प्रयोग गर्ने शक्तिको संघर्ष हुने र उनै हाबी हुने देखियो ।’

अध्यक्ष प्रचण्डले अहिले नेपालमा अहिले कोही पनि स्वतन्त्र नरहेको तर्क समेत गरे उनले भने ‘अहिलेको जमानामा स्वतन्त्र कोही पनि हुँदैन, खासगरी नेपालमा ।’

प्रचण्डले अगाडि बढ्ने कि पछाडि फर्कने बाहेक अन्य कुनै बाटो आफुले नेपालमा नदेखेको पनि बताए ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ११ : ४९ बजे

चौबीस घण्टाको वर्षा मापन : सबैभन्दा बढी वर्षा चितवनमा

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग जलवायु विज्ञान महाशाखाका

मृतक मण्डलको सन्तानको शिक्षादिक्षाको जिम्मा गगन थापाले लिने

काठमाडौं । विवेक मण्डलको आत्मदाहप्रति कांग्रेस सभापति गगन थापाले गहिरो

सस्तिए सुनचाँदी

काठमाडौँ । नेपाली बजारमा आज पनि सुन तथा चाँदीको मूल्यमा

नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

काठमाडौं । अब नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न

पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ-बुर्तिबाङ खण्ड अवरुद्ध

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको