१० पुस २०८२, बिहिबार | December 25, 2025

नेपालका सबै क्रान्ति र आन्दोलन कम्प्रमाइजमा टुंगिए : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा भएका सबैजसो क्रान्ति र आन्दोलन सम्झौतामा टुंगिएको बताएका छन् ।

बिहीबार ललितपुरमा आयोजित नेपाल विज्ञान तथा सूचना प्रविधिसम्बन्धी नीति बहसमा बोल्दै अध्यक्ष प्रचण्डले अहिलेसम्मका क्रान्ति र आन्दोलन कुनै न कुनै सम्झौता र सहमतिमा टुंगिएको बताएका हुन् । प्रचण्डले विज्ञानमा आधारित भएका कारण जनस्तरबाट भएका आन्दोलन र क्रान्तिले सफलता प्राप्त गरेपनि सापेक्षित रुपमा ती पूर्ण भने हुन नसकेको जिकिर गरे । उनले भने, ‘प्रत्येक क्रान्ति कुनै न कुनै कम्प्रमाइजमा टुंगिएका छन् ।’

प्रचण्डले हरेक क्रान्ति र परिवर्तनको नेतृत्व गरिब र श्रमजीवि वर्गले गरेको भए पनि टुंगिने अवस्थामा भने शक्तिशाली वर्ग हावी भएको जिकिर गरे । उनले भने, ‘कम्प्रमाइज गर्दा सम्पत्तीशाली वर्ग जसको अनुभव, जसको पुँजीको तागत, जसको सत्ताको ताकत र त्यसलाई सञ्चालन गर्ने अनुभवसँग कम्प्रमाइज गरेर आएको शक्तिको वा विज्ञानलाई प्रयोग गर्ने शक्तिको संघर्ष हुने र उनै हाबी हुने देखियो ।’

अध्यक्ष प्रचण्डले अहिले नेपालमा अहिले कोही पनि स्वतन्त्र नरहेको तर्क समेत गरे उनले भने ‘अहिलेको जमानामा स्वतन्त्र कोही पनि हुँदैन, खासगरी नेपालमा ।’

प्रचण्डले अगाडि बढ्ने कि पछाडि फर्कने बाहेक अन्य कुनै बाटो आफुले नेपालमा नदेखेको पनि बताए ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ११ : ४९ बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र