१५ बैशाख २०८१, शनिबार | April 27, 2024

काठमाडौंमा आजबाट कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने



काठमाडौं । आजदेखि काठमाडौं महानगरबासीले कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने भएको छ ।

महानगरले स्रोतमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै संकलन गर्ने भएको छ । यस्तो नगर्नेलाई कारबाही हुने भएको छ । फोहोर नुछट्याएमा प्रत्येक पटक पाँच रुपैयाँ जरिवाना हुने महानगरले जनाएको छ ।

काठमाडौंको फोहोर विसर्जन हुँदै आएको सिसडोल क्षेत्रका बासिन्दासँग भएको सहमति अनुसार स्रोतमै फोहोर छुट्याउन लागिएको हो ।

घर, कार्यालय, पसल, रेष्टुरेन्ट र कलकारखानाबाट निस्किने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याएर अलगअलग भाँडोमा राख्नुपर्ने काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख सरिता राईले बताइन् ।

यसरी छुट्याएको फोहोर संकलन गर्न फरकफरक दिन तोकिएको छ । आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिनेको फोहोर संकलन र व्यवस्थापन गरिने उनले बताइन् ।

आजबाट फोहोर वर्गीकरण गर्नुपर्ने भए पनि महानगरले भने यसअघिको फोहोर पनि व्यवस्थापन गर्न सकेको छैन । कयौं ठाउँमा दुई सातादेखि फोहोर उठेको छैन ।

 

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ७ : ४६ बजे

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको