२२ श्रावण २०८३, शुक्रबार | August 8, 2026

हलेसी मन्दिर व्यवस्थापन समितिको कार्यालयमा चार वर्षअघि लागेको ताला खुल्यो



खोटाङ । खोटाङको त्रि-धार्मिकस्थल हलेसीको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको कार्यालयमा चार वर्षअघि लागेको ताला खुलेको छ ।

हलेसी तुवाचुङ नगरपालिकाले बनाएको एउटा र गुठी संस्थानले बनाएको अर्को मन्दिर व्यवस्थापन समिति अस्तित्वमा आएपछि विवाद चर्किदा २६ भदौ २०७५ मा लागेको ताला आइतबार खोलिएको हो ।

हलेसी महादेव मन्दीर व्यवस्थापन समितिको कार्यालयमा लागेको ताला हलेसी तुवाचुङ नगरपालिकाको मेयर बिमला राईको पहलमा खुलाइएको हो ।

उपमेयर रमेश राउत, वडाध्यक्ष कमल गिरी, हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेल, इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरिक्षक सुनिल धाँजु लगायतको उपस्थिति रहेको हलेसी महादेव मन्दिरको व्यवस्थापन सम्वन्धी छलफलमा मेयर राईले राखेको प्रस्ताव अनुसार ताला खोलिएको हो ।

हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीमा ताला लागेको विषयले नकरात्मक सन्देश गइरहेकाले ताला खोल्न ‘कन्भिन्स’ गरेको मेयर राईले बताइन् ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ७ : ४६ बजे

प्रधानमन्त्री शाहले मध्यराती गरे आफु एक्लो परेको संकेत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आफु एक्लो परेको संकेत

होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,