३ मंसिर २०८३, बिहिबार | November 20, 2026

पत्रकार कुटपिटमा संलग्न विद्युतका कर्मचारी धरौटीमा रिहा



चितवन । चितवनका पत्रकार कृष्ण आचार्यमाथि कुटपिट गर्ने कार्यमा संलग्न विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुखसहित आठ कर्मचारी धरौटीमा रिहा भएका छन् । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले केन्द्र प्रमुख राजीवकुमार सिंहसहित आठ कर्मचारीलाई एकमुष्ट २ लाख ४५ हजार रुपैयाँ धरौटी लिएर छाडेका हुन् ।

पत्रकार आचार्यको किटानी जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनले आठ कर्मचारी विरुद्ध आइतबार अभद्र व्यवहारमा मुद्धा दर्ता गरेको थियो ।

आचार्यले वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंह, सुपरभाईजर इलेक्ट्रिकल आन्नद बहादुर कुँवर, दिवछ शाह, सिनियर मिटर रिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटर रिडर हेमशंकर चौधरी र लेखापाल हरि पौडेलविरुद्ध किटानी जाहेरी दिएका थिए।

मदिराको नशामा मातिएर पत्रकार कुट्ने वितरण केन्द्रका कर्मचारीको बचाउमा अरु कर्मचारी लागेका छन् । उनीहरुले मंगलबार विद्युतको कामकाज ठप्प पार्नेदेखि लिएर जिल्ला प्रशासन कार्यालयको गेटमा धर्नासम्म दिए ।

कामकाज ठप्प पारेपछि मंगलबार चर्को घाममा सेवा लिन वितरण केन्द्रमा पुगेका सेवाग्राही त्यसै फर्किन बाध्य भए । ३१ असारको दिन वितरण केन्द्रको कार्यालयभित्रै कर्मचारीले मदिरा सेवन गरेको सूचना पाएपछि पत्रकार आचार्य रिपोर्टिङका लागि कार्यालय पुगेका थिए । त्यसदिन भरतपुरका अधिकांश स्थानमा मर्मतका लागि भन्दै विद्युत लाइन काटिएको थियो ।

पत्रकार आचार्यले मदिरा सेवन गरेको फोटो खिचेको थाहा पाएपछि वितरण केन्द्रका प्रमुख सिंहको निर्देशनमा मदिरामा मातिएका कर्मचारीले आचार्यलाई लखेटी लखेटी कुटेका थिए । पर्खाल नाघेर भागेका पत्रकार आचार्य नजिकैको चितवन पोष्ट दैनिकको कार्यालयमा पुगेर बाँच्न सफल भएका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १० : ४६ बजे

Your email address will not be published.

सुरक्षण मुद्रण केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड पाँच लाख सहयोग

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको सुरक्षण मुद्रण केन्द्रले

चालु आवको तीन महिना : मुद्रास्फीति ६.३७ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनलमा

काठमाडौं । श्रीलंकाली खेलाडी थरिन्दु रत्नायकेको अलराउन्ड प्रदर्शनको मद्दतमा चितवन

मालानको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । डाविड मालानले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएपछि चितवन

एमालेको राष्ट्रिय भेला सम्पन्न : २१ बुँदे विशेष प्रस्ताव र सङ्कल्प पारित

काठमाडौँ । नेकपा (एमाले)को आज सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाले लोकतन्त्रको