२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

चन्द्रागिरि नगरपालिकामा पनि फोहोर वर्गीकरण गर्नुपर्ने



काठमाडौं । चन्द्रागिरि नगरपालिकाले पनि फोहोर वर्गीकरण गर्न नगरवासीलाई आग्रह गरेको छ ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीको संयोजकत्वमा बसेको नगर कार्यपालिकाको बैठकले शून्य फोहोर अवधारणा साकार पार्न फोहोर वर्गीकरणलाई प्राथमिकता दिन आग्रह गरेको हो ।

बैठकले कालो झोलामा कुहिने फोहोर, रातो झोलामा सिसा र सिसाजन्य फोहोर, हरियो झोलामा प्लाष्टिकजन्य फोहोर, सेतो झोलामा कागजजन्य फोहोर, नीलो झोलामा फलाम र कवाडीजन्य फोहोर तथा पहेँलो झोलामा स्यानिटरी प्याड र डाइपरजन्य फोहोर वर्गीकरण गर्ने निर्णय गरेको छ । यो निर्णय साउन ४ गतेदेखि नै लागू हुने नगरप्रमुख गिरिले बताए ।

चन्द्रागिरिले शून्य फोहोर अभियानअन्तर्गत उल्लिखित झोलाहरु वडा कार्यालय तथा टोल सुधार समितिमार्फत निःशुल्क वितरण गर्ने भएको छ । नगरपालिकाले फोहोरको रकम तोकिएको समयमा बुझाउनसमेत आम नगरवासीलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ७ : १५ बजे

वीरगञ्जमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार

काठमाडौ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन

बुटवलमा प्रभावकारी बन्यो बा आमासँग नगरप्रमुख कार्यक्रम

बुटवल । बुटवल उपमहानगरपालिकामा बा आमासँग नगरप्रमुख स्वास्थ्य परिक्षण तथा

उन्नाइस जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई घरदैलोमै पुर्याउने उद्देश्यसहित सुरु

रुपन्देहीका सुकुम्बासीद्वारा आन्दोलनको घोषणा, बुटवलमा बृहत प्रदर्शन गर्ने तयारी

बुटवल । रुपन्देहीका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनका

रूपन्देहीको सैनामैनास्थित घमाहा खोलाको पुल भासिँदा राजमार्ग अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको सैनामैनास्थित घमाहा खोलामा रहेको