२८ बैशाख २०८३, सोमबार | May 11, 2026

अबको तीन दिन यी जिल्लामा छ बाढीको खतरा



काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका केही नदी र खोला वरपर आगामी दिनसम्म आकस्मिक बाढी आउने सम्भावना रहेको जनाउँदै वरपरका बासिन्दलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले आगामी तीन दिनसम्म दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, पर्सा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, गुल्मी, स्याङ्जा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र डडेल्धुरा आसपास भई बहने नदि तथा खोलाहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाब समेत हुनसक्ने जनाएको छ ।

‘उक्त जिल्ला भई बहने स–साना नदीहरुका तटीय क्षेत्रमा सतर्कता अपनऔं,’ महाशाखाले विज्ञप्तिमा भनेको छ ।

आगामी तीन दिनसम्म प्रमुख नदीहरु कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाब सामान्यबढ्ने र सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान महाशाखाले गरेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ९ : २९ बजे

बजेट अभाव, अब गैँडा गणना अर्को वर्ष

चितवन । बजेटको अभावमा गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडाको

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा

इरान युद्धबाट अमेरिकाले सिकेका पाठ चीनका लागि पनि महत्वपूर्ण

इरानमा युद्ध तेस्रो महिनामा प्रवेश गरिरहँदा यसले चीनलाई युद्धको परिस्थितिमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा

काठमाडौं । टर्कीको इस्तानबुलबाट २७८ यात्रु बोकेर काठमाडौं आएको टर्किस

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

काठमाडौं । सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका