३० बैशाख २०८१, आइतबार | May 12, 2024

बुटवलबाट काठमाडौं जाँदै गरेको माईक्रो मुग्लिन नजिकै बससँग ठोक्कियो, एकजनाको मृत्यु, १४ जना घाईते



चितवन । चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पृथ्वी राजमार्गको चुम्लिङटारमा बस र माइक्रो ठोक्किदा घाइते भएका एक पुरूषको उपचारका क्रममा मृत्यु भएको छ ।

हाल नामथर वतन नखुलेको अन्दाजी ३६ वर्षको पुरुषको चितवन मेडिकल कलेजमा आज साँझ ७ः४५ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

काठमाडौंबाट बझाङतर्फ आउँदै गरेको ना ६ ख १३४० नम्बरको बस र बुटवलबाट काठमाण्डौ जाँदै गरेको लु २ ख ३५०२ नम्बरको माइक्रो आज साँझ ५ः२० बजेको समयमा ठोक्किदा १४ जना घाइते भएका थिए ।

माइक्रोमा सवार गुल्मी तम्घास नगरपालिका–१ बस्ने वर्ष २७ को आशिष पन्थी, रुपन्देही देवदह नगरपालिका–६ बस्ने वर्ष २६ की लक्ष्मी श्रेष्ठ, सुनसरी हरिनगर गाउँपालिका–५ बस्ने वर्ष ४३ को प्रकाश कुमार मेहेताको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

माइक्रो चालक रुपन्देही बुटवल उप–महानगरपालिका–२ बस्ने वर्ष २५ को कमल दर्जी, माइक्रो साहु नवलपरासी सुनौल नगरपालिका–७ बस्ने वर्ष ३० को कृष्ण बहादुर राक्स्य, चितवान भरतपुर महानगरपालिका–११ भोजाड बस्ने वर्ष ३७ को शुसिला पौड्याल, उनकी छोरी वर्ष १२ की दिप शिखा पौड्याल, छोरा वर्ष १० को दिप्सन पौड्यालको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको अधिकारीले जानकारी दिए ।

त्यस्तै, नवलपुर गैडाकोट नगरपालिका–२ बस्ने वर्ष ४० की पार्वती ढकाल, गुल्मी मदाने गाउँपालिका–६ बस्ने वर्ष ४० को कृष्ण बहादुर घर्ती क्षेत्री, नवलपरासी मध्यबिन्दु नगरपालिका–११ बस्ने वर्ष ३४ को बाबुराम परियार, देवदह नगरपालिका–२ बस्ने वर्ष २२ को शिब सारु र गैडाकोट–२ बस्ने वर्ष १२ की नुतन ढकालको पनि सोहि कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  १० : ४० बजे

बालविवाह निरुत्साहित गर्न प्रतिबद्धता आवश्यक : मुख्यमन्त्री महरा

दाङ । बालविवाह निरुत्साहित गर्न विद्यालयले विद्यार्थी र अभिभावकलाई परामर्श

स्थायी कमिटी बैठकबाट चार प्रतिवेदन परिमार्जनसहित अनुमोदन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आज सम्पन्न

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी

वल्डलिङ्कको रिट खारेज, राज्य कोषको अर्बौँ रकम सुरक्षित

काठमाडौं । सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ

प्रभु बैंकका ग्राहकले चिरायु नेशनल हस्पिटलमा पाउने भए विशेष छुट

काठमाडौ । चिरायु नेशनल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट