२० श्रावण २०८३, बुधबार | August 5, 2026

व्यवसायी इच्छाराज तामाङकी श्रीमती जेल चलान



काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष तथा बैंकर एवं घरजग्गा व्यवसायी इच्छाराज तामाङ्गकी श्रीमती सिर्जना शाक्य तामाङ जेल चलान भएकी छिन् ।

गत मंगलबार दिउँसो रामशाहपथबाट पक्राउ परेकी श्रीमती शाक्यलाई काठमाडौं जिल्ला अदालतको आदेशअनुसार जेल चलान भएकी हुन् । उनलाई भद्रगोल जेल, महिला सेलमा लगिएको छ ।

सो सहकारीको लेखा समिति सदस्यसमेत रहेकी शाक्यलाई तामाङले अंश दिलाएर अलग गराउन खोजे पनि ठगी मुद्दामा पक्राउ गरिएको थियो । बिहीबार राति ९ बजेसम्म अदालतमा चलेको थुनछेक बहसपछि न्यायाधीश कृपासुर कार्कीले सहकारीबाट ठगिएको अर्बौं रुपैयाँ रकम लुकाउन श्रीमती शाक्यको पनि संलग्न भएको देखिएको भन्दै जेल चलानको आदेश दिएका थिए ।

तामाङले सिभिल सहकारीबाट बिनाधितो लगेको अर्बौंको सम्पत्ति लुकाउन २०७४ सालमा श्रीमती सिर्जना शाक्य तामाङ र दुई छोरीलाई अंशबण्डा गरेकोसमेत खुलेको छ । १५ सय बचतकर्ताको करिब ६ अर्ब ठगी गरिएको उजुरी परेपछि गत १५ असोजमा श्रीमान तामाङ पक्राउ परेका थिए भने त्यसको करिब १ वर्षपछि श्रीमती शाक्य पक्राउ परेकी हुन् ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ४ : १६ बजे

फिर्के खोलाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

‘कश्मीरको राजनीतिक भविष्य’बारे पाकिस्तानी दूतावासमा अन्तरक्रिया

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘कश्मीरको राजनीतिक भविष्य’बारे अन्तरक्रिया कार्यक्रम

तीन अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थालाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको

नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज

बाढी-पहिरोबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौं । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण