२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

स्वास्थ्य बिमा सहजरुपमा भुक्तानी गर्न निर्देशन



काठमाडौं । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य बिमा गरेका नागरिकले अहिलेसम्म समयमै भुक्तानी नपाएकाले सरल र सहजरुपमा भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन गरेको छ ।

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढिरहेकाले त्यसको नियन्त्रणमा लाग्न पनि समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले नागरिकले स्वास्थ्य बिमा गरिसकेपछि सहज र सरलरुपमा भुक्तानी पाउनुपर्ने भन्दै त्यसो नभएको पाइएमा त्यो त्रुटी भए सच्याउन सरकार तयार रहेको जानकारी गराए । उनले स्वास्थ्य बिमालाई थप व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गरे । मन्त्री खापुङले हाल नेपालमा कोरोना खोपको अभाव नरहेको जानकारी दिए । उनले भने, “खोप कार्यक्रम सञ्चानल गर्न स्थानीय सरकारले थप सक्रियता देखाउनुपर्छ ।”

मन्त्रालयका सचिव डा रोशन पोखरेलले पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण दर बढेको भए पनि अस्पताल भर्ना हुने दर भने नबढेको जानकारी गराए । यो महिनादेखि कोभिडको समयमा करारमा नियुक्त गरिएका कर्मचारीको करार नवीकरण नगरिएको उनले बताए । उनले भने, “कोरोना सङ्क्रमण दर उकालो लाग्दै गयो भने व्यवस्थापन कसरी गर्ने भनेर छलफल भइरहेको छ ।”

शहीद गंगालाल हृदय रोग केन्द्रका कार्यकारी निर्देशक चन्द्रमणी अधिकारीले मुटुको शल्यक्रिया गर्न आवश्यक पर्ने अक्सिजिनेरेटर पर्याप्त नभएको तर ज्यान बचाउनुपर्ने गम्भीर मुटुका बिरामीको शल्यक्रिया नरोकिएको स्पष्ट पारे । अस्पतालले प्रौढ उमेरका बिरामी दैनिक आठ जनाको शल्यक्रिया गर्दै आएकामा हाल दैनिक आकश्मिक तीन जनासम्मको शल्यक्रिया गर्ने गरेको अस्पतालले जनाएको छ ।

बैठकमा सांसद गिरीराजमणी पोखरेल, योगेश भटटराई, सरिता न्यौपाने, अन्जना विसुङ्खे, सुरेन्द्र यादव र नविना लामाले स्वास्थ्यजन्य सामानको खरिद झन्झटिलो रहेको भन्दै सार्वजनिक खरिद ऐनलाई संशोधन गरिनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ५ : ५१ बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन