८ बैशाख २०८३, मंगलबार | April 21, 2026

रुपन्देही ब्यापार संघले गरायो व्यवसायीहरुको आँखा परीक्षण



बुटवल । रुपन्देही व्यापार संघ फेन्सी थोक वस्तुगत उपसमितिले बुटवलमा आयोजनामा गरेको निशुल्क आँखा शिविर तथा स्वास्थ्य परिक्षण कार्यक्रममा ३ सय जनाले निशुल्क स्वास्थ्य परिक्षण गरेका छन् ।

लुम्विनी सहकारीको हल राममन्दिर लाईनमा आयोजना गरिएको शिविरमा निशुल्क आखा परिक्षण, निशुल्क सुगर परिक्षण तथा सहुलियत शुल्कमा होलवडि चेकअप, थाईराईड परिक्षण, किड्नि जांच, कलेजो जाँच लगाएत अन्य चेकजाँचहरु गरिएको थियो । शिविरमा प्राविधिक रुपमा जेनोभिक प्रयोगशालाले र आँखा जाँचका लागि लायन्स क्लबले सहयोग गरेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरिले व्यवसाय क्षेत्रमा विद्यमान असहज परिस्थिती रहेको अवस्थामा पनि सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा फेन्सी थोक वस्तुगत उपसमितिले निशुल्क आँखा शिविर तथा स्वास्थ्य परिक्षण कार्यक्रम राखेर व्यवसायीक भावनाको विकास गरेको बताए ।

अध्यक्ष केसीले स्वस्थ जीवनका लागि नियमित स्वास्थ्य परिक्षण आजको आवस्यक्ता भएको औंल्याउदै व्यवसायमा देखापरेका समस्याहरुलाई समाधान गर्न सबै व्यवसायीहरुको एकतामा जोड दिए । उनले व्यवसायीहरुले असहज अवस्थामा पनि राज्यलाई सधै सहयोग गरेको स्मरण गराउदै राज्यबाट भने व्यवसायीहरुलाई राहात दिने काममा ध्यान नदिएको गुनासो गरे ।

संघका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारीले व्यवसायीहरुका समस्याहरुको पहिचान गरि वस्तुगत उपसमितिमार्फत संघमा अवगत गराउन आग्रह गर्दै निशुल्क स्वास्थ्य परिक्षण जस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिए ।

संघका प्रथम उपाध्यक्ष प्रकाश ढकालले उपसमितिहरु व्यापार संघको पिलरका रुपमा रहेको हुँदा उपसमितिहरुको सक्रियताले व्यापार संघलाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

संघका महासचिव दयानिधि भण्डारीले संघले व्यवसायीक हकहितका लागि मात्र नभएर सामाजिक कामलाई पनि आफ्नो प्रमुख उद्देश्यमा राखेको कुरालाई उपसमितिहरुले गरेका नियमित गतिविधिले प्रष्ट पारेको उल्लेख गर्दै संघलाई वलियो बनाउन सबैले ध्यान दिन आग्रह गरे ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १० : ०६ बजे

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश

सिरहा कारागारमा आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास, २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा । सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२

प्रधानमन्त्रीले योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति

कपुर-खनाल भेट, नेपाल-अमेरिका सम्बन्धबारे छलफल

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री समीर पल

नेपालगन्ज १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगन्ज । नेपालगन्ज उमहानगरपालिका– २ स्थित हनुमानगढीमा १०८ फिट अग्लो