३ मंसिर २०८३, बिहिबार | November 19, 2026

कालिका मन्दिरको विकासका लागि पञ्चवर्षीय योजना तयार



बागलुङ । गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्यका रुपमा विकास भइरहेको बागलुङ कालिका मन्दिरको विकासका लागि गुठी व्यवस्थापन समितिले पञ्चवर्षीय योजना तयार पारेको छ ।

गत माघमा आएको नयाँ कार्यसमितिले कालिका मन्दिरमा आगामी पाँच वर्षमा गर्न सकिने कामको ३१ बुँदे रणनीतिक योजना तयार पारेको छ ।

कालिका भगवती गुठी व्यवस्थापन समितिले कालिका मन्दिरलाई संरक्षण, थप कलात्मक तथा मन्दिर वरपरका क्षेत्रमा योजनाबद्ध विकास गर्नका लागि पञ्चवर्षीय रणनीति तयार पारेको हो । गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले आफू आए पनि आगामी पाँच वर्षभित्र कालिका मन्दिरमा गर्न सकिने विकास, सामाजिक कार्य तथा कालिकाको महिमा बढाउने विषयमा रणनीति तयार पारेर अघि बढेको बताए ।

खड्काले कालिका मन्दिरको विकासका लागि ३१ बुँदे रणनीतिक योजना सार्वजनिक गरेको र यसै योजनामार्फत आफूले काम गर्ने बताए ।
कालिका भगवती गुठी व्यवस्थापन समितिका अनुसार मन्दिर परिसरभित्र रहेका जीर्ण संरचना पुरातात्विक हिसाबले निर्माण गर्ने, मन्दिर बाहिर विद्याश्रम र धर्मशाला निर्माण गर्ने, धार्मिक सङ्ग्रहालय निर्माण गर्ने, मन्दिर परिसरमा अखण्डधुनी निर्माण गर्ने, हवन कुण्ड निर्माण गर्ने, मन्दिर परिसरमा प्रयावरण सन्तुलन राख्नेजस्ता महत्वपूर्ण कार्य हुनेछन् ।

खड्काले भने, “पर्यटकीय गाइड राख्नेदेखि अपाङ्गमैत्री संरचना निर्माण गर्ने रणनीतिक योजनामा छ, यस्तै भक्तजनको रेकर्ड राख्ने, सिसी क्यामेराले निगरानी गर्ने र आफ्नै वेबसाइट निर्माण गर्नु हो ।” मन्दिर प्रवेश गर्ने दुई स्थानमा सुरक्षा गेट निर्माण गर्ने, मन्दिर परिसरको जङ्गलमा पाइने वन्यजन्तुको संरक्षण गर्नेलगायतका योजना समावेश गरिएको छ । कनिदर परिसरको घना जङ्गलमा चितुवा, मृग तथा कालिज प्रशस्त पाइन्छन् ।

रणनीतिक योजनाअनुसार काम गर्दा मन्दिरको भइरहेको संरचनामा क्षति नपुग्ने, कम खर्च लाग्ने र मन्दिरको स्वरुप नबिग्रने खड्काको भनाइ छ । मन्दिरले सामाजिक उत्तरदायित्वअनुसार योगा स्थानको व्यवस्था गर्ने, गरिब, जेहेन्दार, अनाथ तथा असहाय बालबालिकाको शिक्षा आर्जनमा अभिभावकत्व ग्रहण गर्ने उद्देश्यले शैक्षिक कोष निर्माण गर्ने, बागलुङमा सञ्चालित मानव सेवा आश्रमलाई व्यवस्थित गराउनका लागि पार्किङ व्यवस्थापन आश्रमले नै गर्ने र आम्दानीसमेत आश्रमले नै लिने व्यवस्था मिलाइने मन्दिरको योजनामा समावेश गरिएको छ ।

मन्दिरको ३१ बुँदे रणनीतिक योजनाअनुसार मन्दिरले कालिका भगवतीको नामाङ्कित एम्बुलेन्स, शव बाहन तथा दमकलको समेत व्यवस्थापन गर्ने पञ्चवर्षे योजनामा समावेश गरिएको छ । कालिका मन्दिरले भेटीमार्फत सङ्कलन गर्ने रकम र विभिन्न सरकारी कार्यालयले दिएको योजनाअनुसार पञ्चवर्षे रणनीतिक योजना सफल पार्ने जनाएको छ ।

कालिका मन्दिर परिसरमा रातको समयमा अवान्छनिय गतिविधि भएको पाइएकाले मन्दिर प्रवेशद्वार राति ९ बजेदेखि बिहान २ बजेसम्म बन्द गरिने भएको छ । मन्दिरको सुरक्षाका लागि राखिएका आठवटा सिसी क्यामेरा थपेर अहिले २४ पु¥याउन थालिएको भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ८ : ०४ बजे

Your email address will not be published.

सुरक्षण मुद्रण केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड पाँच लाख सहयोग

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको सुरक्षण मुद्रण केन्द्रले

चालु आवको तीन महिना : मुद्रास्फीति ६.३७ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनलमा

काठमाडौं । श्रीलंकाली खेलाडी थरिन्दु रत्नायकेको अलराउन्ड प्रदर्शनको मद्दतमा चितवन

मालानको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । डाविड मालानले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएपछि चितवन

एमालेको राष्ट्रिय भेला सम्पन्न : २१ बुँदे विशेष प्रस्ताव र सङ्कल्प पारित

काठमाडौँ । नेकपा (एमाले)को आज सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाले लोकतन्त्रको