१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

धार्मिकस्थलमा एक महिने निशुल्क स्वास्थ्य शिविर, झापादेखि दाचुर्लासम्म ४ सय बढी स्वस्थ्य शिविर



बुटवल । रुपन्देहीमा स्वास्थ्य र शिक्षा सुधार अभियानमा लागेका डाक्टर निकोलस भुसालको नेतृत्वमा १ महिने निशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । धार्मिक पर्यटकको घुईचो लाग्ने सैनामैना नगरपालिकास्थित श्री पर्रोहा परमेश्वर बोलबम धाम परिसरमा श्रावण एक गते देखि सहयात्रा राष्ट्रका लागि युवा, सैनामैना जेसिस, रोट्याक्ट क्लब अफ सैनामैना र कोटिहवाको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो ।

श्रावणी मेला भर्न आउने भक्तजनहरुलाई लक्षित गरि स्वास्थ्य सचेतना जगाउन शिविर संचालन गरिएको स्वास्थ्य अभियन्ता डा. भुसालले बताए । ग्रामिण क्षेत्रमा अझै पनि सिकिस्त बिरामी नभई अस्पताल जानुहुदैन भन्ने सोचलाई चिर्न नियमित शिविरहरु चलाउनुपरेको उनले बताए । उनले एक हप्ताको अवधिमा १ हजार १ सय ४० जनाले स्वास्थ्य लाभ लिएको जानकारी दिए । भुसालका अनुसार थारु बासिन्दाको बाहुल्यता रहेको सो क्षेत्रमा छालाको समस्या, मधुमेह, प्रेसर, झाडापखाला, ज्वरोका साथै मनोरोगीका धेरै बिरामीहरुले सेवा लिएका छन ।

शिविरमा पब्लिक हेल्थ फाउन्डेसन नेपाल तथा एसियन डाइग्नोस्टिकबाट निशुल्क सुगर परिक्षण सेवा दिएको छ । ‘एक हप्तामा ७ सय जनाको मधुमेह परिक्षण भएको छ ।’–उनले भने । नेपाल फिसियोथेरापी एसोसिएसनबाट समेत निशुल्क सेवाको ब्यवस्था गरिएको उनले बताए ।

सैनामैना क्षेत्रमा स्वास्थ्य अवस्थाको बारेमा शिविर उपयोगी साबित भएको उनले दाबी गरे । एक महिनाको अवधिमा भएको जानकारीबाट सो क्षेत्रमा के कस्ता रोगको समस्या रहेको छ र निदानका लागि के गर्ने भन्ने निचोड आउने उनले बताए ।

जिल्लालाई शान्ती र स्वास्थ्यको केन्द्रबिन्दुको रुपमा बिकास गर्ने सोच पुरा गर्न शिविर संचालन गरेर अनुसन्धानका रुपमा अघि बढेको पनि उनले बताए । त्रिभुवन विश्व बिद्यालय शिक्षण अस्पताल महाराजगन्जमा मनोरोग बिभागमा कार्यरत डाक्टर निकोलसले झापा देखि दार्चुलासम्म चार सय बढी स्वास्थ्य शिविर संचालन गरेको दाबी गरे । पर्रोहा परमेश्वर बोलबम धाम महत्वपूर्ण धार्मिक गन्तव्य हो जहा वर्षेनी स्वदेश तथा विदेशबाट समेत भ्रमण गर्न आउने गर्दछन् । सो धाममा सोमबार र शनिबार निकै भिडभाड हुने गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १० : ०८ बजे

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता