८ बैशाख २०८३, मंगलबार | April 21, 2026

धार्मिकस्थलमा एक महिने निशुल्क स्वास्थ्य शिविर, झापादेखि दाचुर्लासम्म ४ सय बढी स्वस्थ्य शिविर



बुटवल । रुपन्देहीमा स्वास्थ्य र शिक्षा सुधार अभियानमा लागेका डाक्टर निकोलस भुसालको नेतृत्वमा १ महिने निशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । धार्मिक पर्यटकको घुईचो लाग्ने सैनामैना नगरपालिकास्थित श्री पर्रोहा परमेश्वर बोलबम धाम परिसरमा श्रावण एक गते देखि सहयात्रा राष्ट्रका लागि युवा, सैनामैना जेसिस, रोट्याक्ट क्लब अफ सैनामैना र कोटिहवाको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो ।

श्रावणी मेला भर्न आउने भक्तजनहरुलाई लक्षित गरि स्वास्थ्य सचेतना जगाउन शिविर संचालन गरिएको स्वास्थ्य अभियन्ता डा. भुसालले बताए । ग्रामिण क्षेत्रमा अझै पनि सिकिस्त बिरामी नभई अस्पताल जानुहुदैन भन्ने सोचलाई चिर्न नियमित शिविरहरु चलाउनुपरेको उनले बताए । उनले एक हप्ताको अवधिमा १ हजार १ सय ४० जनाले स्वास्थ्य लाभ लिएको जानकारी दिए । भुसालका अनुसार थारु बासिन्दाको बाहुल्यता रहेको सो क्षेत्रमा छालाको समस्या, मधुमेह, प्रेसर, झाडापखाला, ज्वरोका साथै मनोरोगीका धेरै बिरामीहरुले सेवा लिएका छन ।

शिविरमा पब्लिक हेल्थ फाउन्डेसन नेपाल तथा एसियन डाइग्नोस्टिकबाट निशुल्क सुगर परिक्षण सेवा दिएको छ । ‘एक हप्तामा ७ सय जनाको मधुमेह परिक्षण भएको छ ।’–उनले भने । नेपाल फिसियोथेरापी एसोसिएसनबाट समेत निशुल्क सेवाको ब्यवस्था गरिएको उनले बताए ।

सैनामैना क्षेत्रमा स्वास्थ्य अवस्थाको बारेमा शिविर उपयोगी साबित भएको उनले दाबी गरे । एक महिनाको अवधिमा भएको जानकारीबाट सो क्षेत्रमा के कस्ता रोगको समस्या रहेको छ र निदानका लागि के गर्ने भन्ने निचोड आउने उनले बताए ।

जिल्लालाई शान्ती र स्वास्थ्यको केन्द्रबिन्दुको रुपमा बिकास गर्ने सोच पुरा गर्न शिविर संचालन गरेर अनुसन्धानका रुपमा अघि बढेको पनि उनले बताए । त्रिभुवन विश्व बिद्यालय शिक्षण अस्पताल महाराजगन्जमा मनोरोग बिभागमा कार्यरत डाक्टर निकोलसले झापा देखि दार्चुलासम्म चार सय बढी स्वास्थ्य शिविर संचालन गरेको दाबी गरे । पर्रोहा परमेश्वर बोलबम धाम महत्वपूर्ण धार्मिक गन्तव्य हो जहा वर्षेनी स्वदेश तथा विदेशबाट समेत भ्रमण गर्न आउने गर्दछन् । सो धाममा सोमबार र शनिबार निकै भिडभाड हुने गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १० : ०८ बजे

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश

सिरहा कारागारमा आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास, २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा । सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२

प्रधानमन्त्रीले योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति

कपुर-खनाल भेट, नेपाल-अमेरिका सम्बन्धबारे छलफल

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री समीर पल

नेपालगन्ज १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगन्ज । नेपालगन्ज उमहानगरपालिका– २ स्थित हनुमानगढीमा १०८ फिट अग्लो