२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

सल्लाघारी दुर्घटनामा मृत्यु भएका तीनै जनाको सनाखत



काठमाडौं । भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित चोङ्गा गणेश सल्लाघारी दूधपाटी सडक छेउको रूख ढलेर बस र स्कुटर किच्दा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ ।

आइतबार दिउँसो काठमाडौंबाट यात्रु बोकेर दूधपाटी हुँदै कमलविनायक जाँदै गरेको बा २ ख ३५८४ नंको बस र दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६१ प ३९७८ नंको स्कुटरलाई ढलेको रूखले किच्दा बसमा सवार दुई तथा स्कुटरमा सवार एक जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा बसमा सवार भक्तपुर नगरपालिका-२ व्यासीका २५ वर्षीय विशेष खर्बुजा, चाँगुनारायण नगरपालिका-२ का ५५ वर्षीय न्हुच्छेराम बखाद्यो र स्कुटरमा सवार सर्लाहीको हरिवन नगरपालिका-४ का ४५ वर्षीय राजकुमार भुजेल रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए ।

दुर्घटनामा घाइते हुनेहरुमा भक्तपुर-१० कमलविनायकका १९ वर्षीय रितिक वासुकला, चाँगुनारायण नगरपालिका-४ चाँगुका १८ वर्षीया निशा लिगल, काठमाडौं महहानगर-१०, बुद्धनगरका ६८ वर्षीय पदमप्रसाद योजु, रामेछापको दोरम्वा गाउँपालिका-७ घर भई हाल सूर्यविनायक नगरपालिका-८ सिपाडोल बस्ने बस चालक २२ वर्षीय हुमबहादुर मगर, सर्लाही घर भई हाल सूर्यविनायक बस्ने १६ वर्षीय आकाश वाइवा र भक्तपुर नगरपालिका-७ का १८ वर्षीय सिम्रन लागेजु छन् । उनीहरुको इवामुरा अस्पताल सल्लाघारीमा उपचार भइरहेको छ ।

त्यसैगरी उदयपुरको लिचुङ्गु गाउँपालिका-१ भई हाल काठमाडौंको स्वयम्भु बस्ने ४१ वर्षीय नीलबहादुर राई, पर्वतको जलजला गाउँपालिका-७ घर भई हाल काठमाडौंको शङ्खमूल बस्ने १९ वर्षीय समीर आचार्य, पाँचथरको याङ्गवरक गापा-३ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने १२ वर्षीया समृद्धि लिम्बू, पाँचथरको याङ्गवरक गाउँपालिका-३ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने १८ वर्षीया अप्सरा लिम्बू, पर्वतको फलेवास नगरपालिका-२ घर भई हाल काठमाडौंको वानेश्वर बस्ने १९ वर्षीय सागर शर्मा र भक्तपुर-८ जेलाकी ४८ वर्षीया लक्ष्मी दुवाल पनि घाइते भएकी छन् । उनीहरुको भक्तपुर इन्टरनेशनल अस्पताल कौशल्टारमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ८ : ०४ बजे

मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले