१७ बैशाख २०८१, सोमबार | April 29, 2024

पाल्पा बस दुर्घटनामा मृतकको सनाखत (नाम सहित)



बुटवल । आइतबार अपरान्ह पाल्पाको लघुवामा भएका बस दुर्घटनाका मृतकहरुको सनाखत भएको छ । मृत्यु भएको झण्डै १५ घण्टा पछि मृतकहरुको सनाखत भएको हो ।

पाल्पा प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा परि मृत्यु हुनेहरुमा गुल्मी चन्द्रकोट ८ मजुवाका १५ वर्षिय प्रवेश काफ्ले, गुल्मी मुसीकोट ७ बस्ने ४० वर्षिय लालबहादुर राना कुमाल, रुपन्देही देवदह ७ की वर्ष ८७ की डिलसरी कामी, कपिलवस्तु वाणगंगा ५ का ४५ वर्षिय सुरज भन्ने यज्ञबहादुर सोमै, नवलपरासी वर्दघाट ५ की २४ वर्षिया पुर्णीमा कामी तथा बागलुङ बडिगार्ड १० की ५५ वर्षिया यमकली थापा रहेका छन् ।

दुर्घटनामा घाईते भई अस्पतालमा भर्ना भएका १६ जना मध्य ८ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । ८ जनाको तानसेन स्थित मिसन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । बागलुङको बुर्तिबाङबाट बुटवल तर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पा रिब्दिकोट २ लघुवामा सडकबाट १०० मीटर तल खसेको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  १ : ०३ बजे

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको