७ आश्विन २०८३, बुधबार | September 23, 2026

सडकमा खतरा बनिरहेका भक्तपुर सल्लाघारीका रुख काट्न थलियो



भक्तपुर । भक्तपुर सल्लाघारी क्षेत्रमा रहेको रुखहरू काट्न थालिएको छ ।

पुरानो र कमजोर रुख ढलेका कारण आइतबार गम्भीर दुर्घटना भएपछि सडकमा खतरा बनिरहेका रुखहरू सोमबारदेखि काट्न सुरु भएको हो ।

भक्तपुर नगरपालिका-१ सल्लाघारीमा आइतबार सल्लाको रुख ढलेर स्कुटर र मिनीबसमाथि बज्रिदा तीन जनाको मृत्यु भएको थियो । घटनामा परी मिनीबसमा सवार चाँगुनारायण नगरपालिकाका न्हुछेराम बखाद्यो, भक्तपुर नगरपालिकाका विशेष खर्बुजा र सर्लाही हरिवन नपा( ४ का राजकुमार भुजेलको निधन भएको थियो ।

सल्लाघारीमा सल्लाका पुराना धेरै नै रुख छन् । सरोकारवाला निकायबीच समन्वयपश्चात् त्यस्ता घटना दोहोरिन नदिन रुख काटिएको थालिएको हो । प्रकृति प्रतिकूल नहुने गरी रुखहरु हटाउने सहमतिअनुसार काटिएको भक्तपुर नगरपालिकाले जनाएको छ ।

यो ठाउँं भक्तपुरकै एउटा प्रख्यात ठाउँं पनि हो । यो ठाउँंलाई स्थानीय नेपाल भाषामा च्वंगा गणेश भनिन्छ । यहाँं च्वंगा गणेश मन्दिर छन् । थुम्कोमा रहेको यो ठाउँं पिकिनिग स्पोर्ट पनि हो । थुम्कोको माथि खुला ठाउँं भएको चारैतिरका भिरालोमा सल्लाका रुखहरु रहेकाले यो ठाउँं आकर्षक छ । यहीकारण यहाँं चलचित्रलगायतका छायांकन गर्न पनि हुने गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ३ : ०६ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज