८ पुस २०८२, मंगलबार | December 24, 2025

सडकमा खतरा बनिरहेका भक्तपुर सल्लाघारीका रुख काट्न थलियो



भक्तपुर । भक्तपुर सल्लाघारी क्षेत्रमा रहेको रुखहरू काट्न थालिएको छ ।

पुरानो र कमजोर रुख ढलेका कारण आइतबार गम्भीर दुर्घटना भएपछि सडकमा खतरा बनिरहेका रुखहरू सोमबारदेखि काट्न सुरु भएको हो ।

भक्तपुर नगरपालिका-१ सल्लाघारीमा आइतबार सल्लाको रुख ढलेर स्कुटर र मिनीबसमाथि बज्रिदा तीन जनाको मृत्यु भएको थियो । घटनामा परी मिनीबसमा सवार चाँगुनारायण नगरपालिकाका न्हुछेराम बखाद्यो, भक्तपुर नगरपालिकाका विशेष खर्बुजा र सर्लाही हरिवन नपा( ४ का राजकुमार भुजेलको निधन भएको थियो ।

सल्लाघारीमा सल्लाका पुराना धेरै नै रुख छन् । सरोकारवाला निकायबीच समन्वयपश्चात् त्यस्ता घटना दोहोरिन नदिन रुख काटिएको थालिएको हो । प्रकृति प्रतिकूल नहुने गरी रुखहरु हटाउने सहमतिअनुसार काटिएको भक्तपुर नगरपालिकाले जनाएको छ ।

यो ठाउँं भक्तपुरकै एउटा प्रख्यात ठाउँं पनि हो । यो ठाउँंलाई स्थानीय नेपाल भाषामा च्वंगा गणेश भनिन्छ । यहाँं च्वंगा गणेश मन्दिर छन् । थुम्कोमा रहेको यो ठाउँं पिकिनिग स्पोर्ट पनि हो । थुम्कोको माथि खुला ठाउँं भएको चारैतिरका भिरालोमा सल्लाका रुखहरु रहेकाले यो ठाउँं आकर्षक छ । यहीकारण यहाँं चलचित्रलगायतका छायांकन गर्न पनि हुने गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ३ : ०६ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना