२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

भीमसेन थापा राष्ट्रवादी व्यक्तित्व : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूति भीमसेन थापा र उनले जीवनमा गरेका कर्मका आधारमा नेपालको इतिहासमा राष्ट्रवादी व्यक्तित्वका रुपमा परिचित भएको बताएका छन् ।

राष्ट्रिय विभूति भीमसेन थापाको २४८औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले आज काठमाडौंमा आयोजना गरेको भीमसेन थापा स्मृति पुरस्कार वितरण समारोहमा देउवाले स्वाभिमानी थापाले पु¥याएको योगदानको स्मरण गरे ।

“थापाले महत्वपूर्ण आर्थिक सुधारको काम गर्नुभएको छ, उनले मानापाथी व्यवस्थित गरेर नापतौलको मापन गर्नुभयो, चिट्ठीपत्र ओसारपसारका लागि पनि भीमसेन थापाले काम गर्नुभएको छ” प्रधानमन्त्री देउवाले भने ।

महत्वपूर्ण कागजात एवं चीजबीजको अभिलेख राख्ने काम पनि भीमसेन थापाकै पालामा सुरु भएको उल्लेख गर्दै देउवाले स्वतन्त्र देश नेपालको रक्षाका लागि गरेको योगदानको व्याख्या समेत गरे ।

प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थिवेश्वरप्रसाद तिमल्सिनाले थापाको नासोका रुपमा रहेको लगनटोलस्थित सिलखाना पुरानै स्वरुपमा पुनःनिर्मााणको व्यवस्था मिलाइदिन प्रधानमन्त्री देउवासँग माग गरे ।

कार्यक्रममा रु एक लाख राशिको भीमसेन थापा स्मृति पुरस्कार भक्ति थापा स्मृति प्रतिष्ठानलाई प्रदान गरिएको थियो । पुरस्कार ग्रहण गर्नुहुँदै प्रतिष्ठानका अध्यक्ष रोवबहादुर थापाले भक्ति थापाका विषयमा अध्ययन अनुसन्धानका लागि पुरस्कारबाट प्राप्त रकमलाई सदुपयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा प्रा डा त्रिरत्न मानन्धर, प्रतिष्ठानका सदस्य–सचिव लक्ष्मण थापालगायतले नेपालको एकीकरण, इतिहास एवं राजनीतिक क्षेत्रमा भीमसेन थापाले गर्नुभएको महत्वपूर्ण कामका बारेमा व्याख्या गर्नुभएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ५ : ४४ बजे

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक

जन्मसिद्ध नागरिकतामा फेरि कडाइ गर्न ट्रम्पको नयाँ कदम

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको अधिकारमा

प्रतिनिधिसभाको बैठक आज, पाँच विधेयक संसद्मा प्रस्तुत गरिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका

वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सावधानी अपनाउन अनुरोध

काठमाडौं । वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा