५ असार २०८३, शुक्रबार | June 19, 2026

नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकीमा तयारी सुरु



पोखरा । नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा हुँदैछ । गण्डकी प्रदेशको राजधानी पोखरा सहित विभिन्न जिल्लामा संरचना अनुसार खेलकुदका प्रतियोगिता हुन लागेको हो । गण्डकीमा हुने प्रतियोगिताको तयारी प्रदेशबाट पनि सुरु भएको हो । सोमबार प्रदेश खेलकुद परिषदले पूर्ण बैठक बसेर तयारी सुरु गरेको हो ।

बैठकले खेल स्थल व्यवस्थापन, अनुशासन तथा प्राविधिक उपसमिति संयोजकमा खगेन्द्र क्षेत्री र सदस्यमा योगेन्द्र गुरुङ, बसोवास व्यवस्थापन उपसमिति संयोजकमा योगेन्द्र शेरचन, स्वास्थ्य उपसमिति संयोजकमा निर्मला बराल र सदस्यमा शुभकन्या गुरुङ, यातायात व्यवस्थापन उपसमिति संयोजकमा तारा माया थापा, सुरक्षा उपसमिति संयोजकमा ऋषीराम गौतम, प्रचार प्रसारमा केशव पाठक, खेल सामाग्री तथा पोशाक उपसमिति संयोजकमा अमृत बराल, स्रोत परिचालन उपसमिति संयोजकमा दिल बहादुर गुरुङलाई जिम्मेवारी दिएको छ ।

त्यसै गरी अनुशन्धान उपसमिति संयोजकमा गण्डकी विश्वविद्यालय, स्वय सेवक परिचालन उपसमिति संयोजकमा गिरमान गुरुङ र सदस्यमा बासु बराल, अतिथि सत्कार उपसमिति संयोजकमा विष्णु मायाँ गुरुङ र सदस्यमा चन्दा घले गुरुङ, समारोह उपसमिति संयोजकमा बसन्तराज दवाडी र सदस्यमा आकृती भण्डारीलाई जिम्मेवारी दिएको उपाध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिए ।

खेल सञ्चालन कार्यविधि २०७९ छलफल पछि स्विकृतीका लागि यूवा तथा खेलकुद मन्त्रालयमा पठाउने निर्णय गरिएको छ । प्रतियोगिता आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा हुनेछ । खेलकुदको तयारी तथा टिम छनोट र बन्द प्रशिक्षणका लागि करिव ७ करोड खर्च लाग्ने अनुमान सहित परिषद्ले मन्त्रालयसँग बजेट मागेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  १० : ०८ बजे

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’

कक्षा १२ मा ज्ञानोदय माध्यमिक विद्यालय खजुराबाट ८७.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय माध्यमिक विद्यालयले आज सार्वजनिक

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौं । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा

मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र