३० भदौ २०८३, मंगलबार | September 15, 2026

संसदीय छानविन समितिले फरेन्सिक विज्ञसँग परामर्श गर्ने, अर्को बैठक आजै अपरान्ह ४ बजे



काठमाडौं । संसदीय विशेष छानविन समितिले नेपाल प्रहरीले पठाएको सीसीटीभी फुटेजसहितको फरेन्सिक विवरणबारे फरेन्सिक विज्ञहरुसँग परामर्श गर्ने भएको छ ।

बजेट निर्माणमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई संलग्न गराएको भनिएको विषयमा छानविन गर्न गठित समितिले अर्थमन्त्रालयको डिलिट भएको फुटेज रिकभर गर्न नेपाल प्रहरीलाई हार्डडिस्क पठाएको थियो । आज बिहानको बैठकमा त्यसउपर प्रहरीले पठाएको फरेन्सिक रिपोर्ट हेरेको समितिले पुनः फरेन्सिक विज्ञहरुसँग पनि परामर्श गर्ने भएको हो । त्यसपछि आजै अपरान्ह ४ बजे अर्को बैठक बस्ने गरी बिहानको बैठक स्थगित गरिएको छ ।

बिहानको बैठकमा समितिका सदस्यहरुले प्रहरीले पठाएको रिकभर गरिएको सीसीटीभी फुटेज हेरेका थिए । सो भिडियोमा १४ गतेकै भिडियो भएको वा नभएको बारे अहिल्यै केही भन्न नसकिने समितिका सचिव सुरेन्द्र अर्यालले बताए ।

केही विषय प्राविधिक भएकोले फरेनसिक ल्याब विज्ञहरुबाट जानकारी लिनु पर्ने हुँदा अहिलेलाई बैठक स्थगित भयो,’ बैठकबाट बाहिरिएपछि समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले भने, ‘बेलुका चार बजे बसेर उहाँहरुलाई आमन्त्रित गरेर प्रतिवेदनका विषयमा विशेष जानकारी लिन्छौ ।’

नेपाल प्रहरीको फरेनसिक ल्यबाबाट प्रतिवेदनसहित समितिले पठाएको उपकरण, हार्डडिस्क हिजो फिर्ता भएको उनले जानकारी दिए ।

सोही प्रतिवेदनबारे छलफल गर्न आज विहान समितिको बैठक राखिएको थियो ।

‘समितिले लाहछाप लगाएर पठाएको प्रतिवेदन खोल्यौं र हेर्यौं । त्यसमा भएका विवरण अलि प्राविधिक विषय भएकोले विष्लेषण, अध्ययनकै क्रममा छ,’ अर्यालले भने ।

आज अपरान्ह ४ बजे बस्ने बैठकमा नेपाल प्रहरीको फरेनसिक ल्याबका विज्ञहरुलाई बोलाइएको र बैठकमा उनीहरुले प्राविधिक कुराहरु स्पष्ट पार्ने अर्यालले जनाए ।

केही दिनअिघ समितिले अर्थ मन्त्रालयसको सीसी टिभी फुटेज रिकभर गर्नको लागि हार्डडिस्क प्रहरीको फरेनसिक ल्याबमा पठाएको थियो ।

‘बैठकमा उहाँहरुले प्राविधिक कुराहरु जानकारी गराउनुहुन्छ, त्यसपछि हामी निस्कर्षमा पुग्छौं,’ अर्याले भने ।

गत जेठ १४ गते राति निवर्तमान अर्थमन्त्री शर्माले बजेट निर्माणमा करका दर हेरफेर गर्न मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको र पछि सोही दिनको सीसीटीभी फुटेज डिलिट गर्न लगाएको आरोप प्रतिपक्षी दलले लगाएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले यसबारे सत्यतथ्य पत्ता लगाउन असार २२ गते संसदीय विशेष छानविन समिति गठन गरेका थिए । छानविन समिति गठन हुनुअघि शर्माले पदबाट राजीनामा दिएका थिए ।

छानविन समितिले अहिलेसम्म शर्मा संलग्न भएको भनिएको यौटा पनि प्रमाण फेला पार्न सकेको छैन ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ११ : ०३ बजे

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी

अब एटीएममै पाइन्छ १०० का नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एटिएममा एक सय

रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ

बुटवल । रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ परेका

क्यासिनोमा जुवा खेल्दै गर्दा पक्राउ परेका गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक धरौटीमा छुटे

वीरगञ्ज । वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो)मा प्रहरीले गरेको