काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने जापान भ्रमणमा जाने भएका छन् । नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणमा अध्यक्ष प्रचण्ड जापान जान लागेका हुन् ।
आगामी २१ साउनमा जापान जाने र २५ साउनमा स्वदेश फर्कने कार्यक्रम तय भएको अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । प्रचण्ड टोलिमा सहभागी हुने अन्य सदस्यहरुको नाम भने तय नभएको मल्लले बताए ।
अध्यक्ष प्रचण्डले अघिल्लो साता मात्र भारतीय जनता पार्टीको निमन्त्राणामा भारत भ्रमण गरेका थिए ।



















प्रतिक्रिया