१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

आज एसइईको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ नतिजा



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज एसइईको नतिजा सार्वजनिक गर्ने भएको छ ।

परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीका अनुसार मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पूरा गरेको हो ।

गत वैशाख ८ गतेदेखि सञ्चालन भएको परीक्षामा देशभर चार लाख ९४ हजार ६८१ विद्यार्थी सहभागी भएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रले चालू शैक्षिक सत्रदेखि ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

कोभिडका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक रूपमा परीक्षा केन्द्रमा नै उपस्थित भएर परीक्षा दिएका हुन् ।

बोर्डले शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गरेको थियो ।

यसरी हेर्न सकिनेछ एसइई नतिजा :

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ७ : ४५ बजे

‘नेपालको स्वास्थ्य सेवा प्रणालीमा सुधार भएको छ’

वासिङ्टन,डिसी । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक

इलाम-२ मा रास्वपाका उमेदवार मिलन लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम-२ मा

इजरायल र हमासबीच युद्ध विरामको संकेत

काठमाडौं । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा

गर्मीका कारण बङ्गलादेशका विद्यालय पुनः बन्द

एजेन्सी । बङ्गलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय

बार्सिलोनाको जितमा लेवानडोस्कीको ह्याट्रिक

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेको