२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

जुम्लाको गुठीचौरमा गोठालाले पत्ता लगाए आकाशे ताल



कर्णाली । प्रकृतिको काखमा रहेका धेरै तालहरू आज पनि मानवको पहुँचबाट धेरै टाढा छन् । विकट भूगोल, पर्यटकीय गन्तव्यको खोज र अनुसन्धानको कमी तथा तिनको संरक्षणको अभावमा धेरै ताल गुमनाम छन् । कर्णाली प्रदेशमा प्राकृतिक र पर्यटकीय महत्वका यस्ता स्थलहरू धेरै छन् । ती स्थलको उजागर हुन सकेको छैन ।

कर्णालीको जुम्ला प्राकृतिकरूपले पर्यटनको अत्यन्तै सम्भावनायुक्त ठाउँ मानिन्छ । जुम्लाको पातारासी हिमाल, संसारको उच्च स्थानमा धान फल्ने ठाउँ छुमचौर ज्यूला, जुम्ला तातोपानी गाउँपालिकास्थित पहाड फोडेर निस्केको तातोपानी धारा, लक्षालकृति पैकला (वीरयोद्धा), मार्सी धान सुरुआत गरिएको गुरुफोक्टो, चन्दननाथ भैरवनाथ मन्दिर, मष्टो प्रथा, गुठीचौर भेडा अनुसन्धान केन्द्र, तिला त्रिवेणीलगायतका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र अध्ययन, अनुसन्धान र पर्यटनका हिसाबले निकै महत्वपूर्ण मानिन्छन् ।

जुम्लाको गुठीचौर गाउँपालिका-१ मा हालै चौँरी गोठालाहरुले आकाशे ताल पत्ता लगाएका छन् । वडा नं १ मणिसाँघुबाट डेढ दिनको दूरी हिँडेर पुगिने ठाउँमा चार हजार ७०० मिटरको उचाइमा उक्त आकाशे ताल गोठालाले पत्ता लगाएका हुन् । सात वर्षअघि चौँरीपालक गोठालाहरूले नै चार हजार ३०० मिटरको उचाइमा हिउल्सा ताल र चार हजार मिटर उचाइमा रहेको दूध कुण्डली तालसमेत पत्ता लगाएका थिए ।

ती सबै तालको केही दिनअघि वडाध्यक्ष अर्जुनकुमार महतारासहितको टोली अवलोकन गरेर फर्केको छ । मणिसाँघुबाट करिब १८ घण्टाको दूरीमा रहेको उक्त आकाशे तालमा पहिलोपटक वडाध्यक्षको टोली पुगेको हो । “चौँरी गोठाला मुस्किलले त्यहाँ पुगेका रहेछन्”, वडाध्यक्ष महताराले भने, “चौँरी हराउँदा खोज्दै जाने क्रममा ताल भेटिएको रहेछ ।”

स्थानीय साङ्गे गुरुङका अनुसार चौँरी खोज्दै जाने क्रममा गोठाला तालमा पुगेका हुन् । “सहजै नपुग्न सकिन्न, त्यसैले तालको महत्वबारे कोहीलाई थाहा भएन”, उनले भने । गुरुङका अनुसार तिब्बती भाषामा आकाशे ताललाई म्हाङ्ग्वो युञ्जो भन्ने गरिन्छ । आकाश जस्तो रङ भएकाले त्यसलाई आकाशे ताल भनिएको उनको भनाइ छ ।

तालको शिरमा दूध कुण्डली हिमाल अवस्थित छ । शिरमा हिमाल, त्यसको तल कालापत्थर र तालको वरिपरि हरियो बुट्यान छ । निकै मनमोहक देखिने उक्त ताल घुम्न एक घण्टाको समय लाग्ने वडाध्यक्ष महतारा बताउछन । उक्त तालका माध्यमबाट भविष्यमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने उनको भनाइ छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ८ : ३६ बजे

सुदूरपश्चिममा लोकप्रिय ‘महेन्द्रनगर मावि’

महेन्द्रनगर । यहाँको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै

मुस्ताङ । मुस्ताङका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको

पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला

काठमाडौं । गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहने काठमाडौं

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए

वीरगन्ज । मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने