२८ बैशाख २०८३, सोमबार | May 11, 2026

२ लाख पर्यटकले गरे चितवन राष्ट्रिय निकुञ्जको भ्रमण



चितवन । आर्थिक वर्ष २०७८/७९ मा झण्डै दुई लाख व्यक्तिले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । गत आवमा आन्तरिक र बाह्य गरी एक लाख ९० हजार ४५८ जनाले निकुञ्जको भ्रमण गरेका छन् ।

निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गत आवमा एक लाख ५५ हजार ६७१ आन्तरिक तथा १९ हजार ९८९ सार्क मुलुकका र १४ हजार ८०८ विदेशी नागरिकले निकुञ्जको भ्रमण गरेका थिए । एक वर्षको अवधिमा ७५ हजार २७७ महिला र ८० हजार ३४९ पुरुष (आन्तरिक पर्यटक)ले निकुञ्जको भ्रमण गरेका थिए । सार्क मुलुकका नौ हजार १३० महिला र १० हजार ८४९ पुरुष तथा विदेशी ६ हजार ७८० महिला र आठ हजार २८ पुरुषले निकुञ्जको भ्रमण गरेको तिवारीले जानकारी दिए ।

गत आर्थिक वर्षको चैतमा सबैभन्दा बढी पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । चैतमा २६ हजार २१८ जनाले निकुञ्जको भ्रमण गरेका थिए । चैतमा २० हजार ८६९ नेपाली, दुई हजार २४८ सार्क मुलुकका र तीन हजार १०१ विदेशी नगारिकले निकुञ्जको भ्रमण गरेका थिए । निकुञ्ज नवलपुर, नवलपरासी, चितवन, मकवानपुर र पर्सा जिल्लामा पर्ने भए पनि जिप सफारीका लागि चितवन र नवलपुरबाट मात्रै स्वीकृति प्रदान गरिएको छ ।

एघार करोड राजस्व सङ्कलन
चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा विभिन्न शीर्षकबाट ११ करोड ४९ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सूचना अधिकारी तिवारीका अनुसार निकुञ्जले सबैभन्दा बढी राजस्व पर्यापर्यटन शीर्षकबाट प्राप्त गरेको छ । निकुञ्जले पर्यापर्यटन शीर्षकबाट १० करोड २३ लाख ९८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

निकुञ्ज प्रवेशवापत प्रतिव्यक्ति नेपालीले १५० रुपैयाँ, सार्क मुलुकका पर्यटकले एक हजार रुपैयाँ र विदेशीले दुई हजार रुपैयाँ राजस्व बुझाउने गर्दछन् । गत वर्ष निकुञ्जले पर्यटकबाट सात करोड २९ लाख ४५ हजार, जिप सफारीबाट दुई करोड ७८ लाख ८० हजार तथा डुङ्गा सफारीबाट १५ लाख ७३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको तिवारीले बताउनुभयो ।

त्यस्तै निकुञ्जले गैरकाष्ठ वन पैदावर (ढुङ्गा, गिट्टी तथा बालुवा) बिक्रीबाट ६९ लाख ४९ हजार रुपैयाँ, दण्ड सजायँबाट ३२ लाख ११ हजार रुपैयाँ, काठ र दाउरा बिक्रीबाट सात लाख १७ हजार तथा अन्य शीर्षकबाट १७ लाख २० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । रासस

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  १० : ४२ बजे

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाको धन्यवाद

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त

आइएमई खल्तीले ल्यायो सुपर वालेट सुविधा

काठमाडौ । आइएमई खल्ती लिमिटेड ९खल्ती० ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका

शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा १६ खर्ब ५९ अर्ब विप्रेषण

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति सात

ट्रेड युनियन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ट्रेड युनियन खारेज गर्ने निर्णय तत्काल

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा