१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

५९ प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान



काठमाडौं । विभिन्न पदमा पदोन्नति भएका ५९ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह सुशोभन गरिएको छ । मन्त्रीस्तर र सचिवस्तरको विभिन्न मितिको निर्णयले प्राविधिक तथा प्रशासनतर्फका विभिन्न पदमा पदोन्नति भएका ५९ जना प्रहरी अधिकृतहरूलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह सुशोभन गरेका हुन् ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिकतर्फका प्रहरी वरिष्ठ उपरीक्षक २ जना, प्रशासनतर्फका प्रहरी उपरीक्षक ३६ जना, प्राविधिकतर्फका प्रहरी उपरीक्षक १२ जना, प्राविधिकतर्फका प्रहरी नायव उपरीक्षक १ जना र प्राविधिकतर्फका प्रहरी निरीक्षक ८ जना रहेका छन् ।

महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई पदोन्नतिसँगै बढेको जिम्मेवारीलाई आ(आफ्नो क्षेत्रमा उत्कृष्ट काम गरी संगठनले राम्रो व्यक्तिलाई पदोन्नति गरेको रहेछ भन्ने अनुभूति हुनेगरी काम गर्न निर्देशन दिए।

उनले आ(आफ्नो योग्यता अनुसारको विशिष्टिकृत विधाहरूमा दत्तचित्त भएर सेवाभावका साथ काम गर्ने विश्वास व्यक्त गर्दै चिकित्सकहरूले अस्पतालमा आउने सम्पूर्ण विरामीलाई आफ्नै घरमा अभिभावक स्वंयले नै हेरचाह र ख्याल गरिरहेको महशुस हुने गरी स्वास्थ्य सेवा र उपचार प्रदान गर्नुपर्नेमा जोड दिए ।

महानिरीक्षक सिंहले प्रहरी संगठन आफैमा गतिशील हुने र सरुवा बढुवा लगायतमा सबै कर्मचारीहरूको समान मूल्याङ्कन हुने भएकोले अझै बढी कटिबद्ध एवं अनुशासनमा रही कार्य सम्पादन गर्नुपर्ने बताए ।

समारोहमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ए।एम। चन्द्र बहादुर धामीले विज्ञान प्रविधिमा भएको विकासको दुरूपयोगका कारण अपराधको क्षेत्रमा देखापरेका नविनतम चुनौतीको सामना गर्न नेपाल प्रहरीको कार्ययोजना, संगठनको मूल्य मान्यता र नीति नियमको अधिनमा रही इमान्दारिताका साथ थप सक्रिय भई कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ७ : ४२ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू