१९ बैशाख २०८१, बुधबार | May 1, 2024

अटेर गरे नारायणघाट-बुटवल सडक आयोजनाको ठेक्का रद्द गर्ने मन्त्री राईको चेतावनी



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले ठेकेदार कम्पनीले अटेर गरे नारायणघाट–बुटवल सडक आयोजनाको ठेक्का रद्ध गर्ने चेतावनी दिएका छन् । प्रतिनधिसभा अन्तर्गतको आज बसेको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले नारायणघाट–बुटवल सडक आयोजनाको काम निराशाजनक रहेको बताए । उनले एक पटक पुनः निर्देशन गर्ने र नमाने ठेक्का रद्ध गर्ने चेतावनी समेत दिए ।

उनले उपलब्धीमुलक निर्माण हुन नसके ठेक्का तोड्नुको बिकल्प नरहेको बताउँदै आयोजनाको ठेक्का रद्ध गर्दा लागत बढ्ने लगायतका जटिलता भोग्नुपरे पनि त्यसलाई सरकारले पर्खेर नबस्ने बताए ।

मन्त्री राईले बैठकमा उपस्थित सडक विभागका महानिर्देशक र सचिवलाई सांसदहरुले चासो राखेर जिज्ञासा गरेका आयोजनाको तत्काल समाधान गर्न निर्देशन दिए । उनले काठमाडौं उपत्यका लगायत मन्त्रालयको क्षेत्राधिकार भित्रपर्ने कुनैपनि सडक मर्मतका समस्या समाधानका लागि मन्त्रालय तत्पर रहेको बताए ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ८ : ०१ बजे

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी

साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन

लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ-ड्राइभ नेपाल’ को सेवा शुभारम्भ

बुटवल । लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ-ड्राइभ