५ चैत्र २०८२, बिहिबार | March 19, 2026

अजय कार्किको ‘हामी देश बचाऔ’ बिमोचन



बुटवल । अजय कार्किको ‘हामी देश बचाऔ’ नामक म्युजिक भिडियो बुधबार बिमोचन गरिएको छ ।

बागेश्वरी संगितालयका संचालक तथा संगितसर्जक सुरेश सेन्चुरीले बिमोचन गर्दै देशका धेरै नाम चलेका गायकहरु उत्पादन गरेर गितसंगितबाट यो क्षेत्रको पहिचान दिलाउन सफल भएको दाबी गरे ।

कार्की एक क्षमतावान गायक र लेखकका रुपमा परिचित भएको भन्दै गितसंगितमा लगाव कै कारण उनि सफल हुदै गएको दाबी गरे । संगितमा बुटवलको पहिचान बनाउदै आएका अजय कार्किले लामो समयको साधना र अनुभवबाट गित तयार गरेको बताए ।

लकडाउनकै समयमा गित लेखेका उनले बताए । सिमा बिवादको विषय उठिरहेको बेला उनको दिल र दिमागबाट यो गित तयार गरेको बताए । नेपाली चलचित्रका चर्चित नायक राजेश हमालको अभिनय रहेको गितमा निर्देशन निरेन श्रेष्ठ तथा स्वर अजय कार्कीको रहेको छ । देश जोगाउने पुर्खाको योगदानलाई सम्झेर युवाहरु देश बचाउन एकजुट हुनुपर्ने सन्देश मुलक शब्दहरु गितमा रहेको छ । देशमा सिमा समस्या रोक्न युवालाई अग्रसर हुन शब्दमा गितबाट ब्यक्त भएको उनले बताए ।

यसैगरि हिमालयन टेलिभिजनमा प्रशारण हुने सागितिक शो सिङ्गिङ सुपर स्टारको टप टेनमा पुगेका सन्तोष रानालाई जिताउन बुटवलबाट अभियान थालिएको छ । बागेश्वरी संगितालयमा लामोसमय साधना गरेका उनी गायनबाट आफ्नो पहिचान दिलाउने लक्ष्यसहित लागेका छन ।

सन्तोष राना जिताऔ अभियानमा लागेका गायक बसन्त श्रेष्ठले मोफसलका कलाकार, गायकहरुको क्षमता प्रस्फुटन गराउन सके अवसर पाउन सक्ने बताए । अभियानका अगुवा अर्जुन पौडेलले कला र गलाको मुल्याकन विधिका रुपमा भोटिङलाई प्राथमिकता दिईनु गलत भएको बताए । स्थानियस्तर हुदै राष्ट्रिय मन्चमा पुगेका रानालाई जिताउनु रुपन्देहीबासीको दायित्व भएको बताए ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ८ : ४३ बजे

६४ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९

नैनीतालका नेपाली मजदुर भन्छन्, ‘नयाँ सरकारबाट स्वेदशमै रोजगारीको आशा राखेका छौँ’

नैनीताल (भारत) । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका ५२ वर्षीय भवानीप्रसाद रेग्मी

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, मुख्य सचेतकमा खुस्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले संसदीय दलको नेतामा

अन्योलको वातावरण चिरेर निर्वाचन सम्पन्न गरायौँः कावा प्रमुख आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ,

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौँ । यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन